रूपन्देही, २ असोज  गैडहवा गाउँपालिका-४ स्थित गैडातालमा डुबेरसोही गाउँपालिका-१ असिधबा बस्ने १८ वर्षीय दिपेश थारू र १८ वर्षीय अरूण थारूको बुधबार दिउँसो मृत्यु भएको छ । यसैगरी रूपन्देही,कोटहीमाई गाउँपालिका-२ खडैया बस्ने ३२ वर्षीय अर्जुन लोधको सोही ठाउँस्थित नालामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँके, २ असोज- नेपालगंज उपमहानगरपालिका-१३ रामलिला मैदान नजिकबाट भरूवा बन्दुक १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बर्दिया-  गुलरियानगरपालिका-८कोठियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय अरबिन्द थारूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नेपालगन्ज, असोज २ गते । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा गरिएको आगजनी र तोडफोडबाट तीन सयभन्दा बढी सवारी साधनहरु नष्ट भएका छन् । नष्ट भएका सवारी साधनहरुमा मोटरसाइकल धेरै रहेको विभिन्न कार्यालयबाट प्राप्त भएको तथ्याङ्कबाट जानकारी भएको छ । विभिन्न समयमा पक्राउ गरेर नेपालगन्ज भन्सार कार्यालयमा […]

  नेपालगन्ज- बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका ३ सिनाबास फर्किने क्रममा ४५ वर्षीया लक्ष्मी थारुको शव बाघले खाएको अवस्थामा फेला परेको छ । स्थानीयका अनुसार माथेबास मदुईस्थित आफन्तको घरमा गएकी लक्ष्मी थारु आइतबारबाट बेपत्ता भएकी थिईन । उनको खोजि गर्दालसोमवार जनमुखी सामुदायिक वनको ५० मिटर पर बाघले खाएको अवस्थामा शव भेटिएको हो । दुवै खुट्टा […]

गुलरिया(बर्दिया) भदौ ३१ गते । बर्दियामा देशका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जेनजीको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरूलाई विशेष सूचनाको आधारमा बर्दिया प्रहरीले पक्राउ गरेको हो । कारागारबाट भागेपछि कोही बर्दिया घरमा आएका, आफन्तीकोमा लुक्न आएका र भारततर्फ भाग्दै गरेका कैदीहरूलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो । […]

नेपालगन्ज, भदौ ३० गते । यहाँस्थित नेपाल भारत सीमा नाका पूर्ण रुपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका सोमबारदेखि पूर्ण रुपमा खुलेको हो । जेनजी प्रदर्शनका कारण केही दिन बन्द गरिएको र पछि आंशिक रुपमा सञ्चालन गरिएको नेपाल भारत जमुनाहा सीमानाका आजबाट पूर्ण रुपमा खुलेको दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् । […]

बाँके, भदौ २९ गते । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडपछि क्षतिग्रस्त कार्यालयहरूबाट सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले तयारी अघि बढाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भदौ २७ गते कार्यालय प्रमुखको बैठक बसी क्षतिग्रस्त कार्यालयले सेवा प्रवाह सूचारु गराउन वातावरण तयार गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसैगरी […]

बर्दिया/ईकान्तिपुर —बर्दियामा जनजीवन सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएको छ । तर सदरमुकाम गुलरियाको केही सीमित ठाउँमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञाका समयमा ५ जनाभन्दा बढी भेला हुने, जुलुस प्रदर्शन गर्ने लगायत सभा गर्न रोक लगाइएको छ । यसैबीच गुलरिया लगायत बर्दियामा जनजीवन सामान्य बन्दै गएको […]

काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् । गएराति सुधारगृहमा झडप भएको थियो […]