बर्दिया- मधुवन नगरपालिका-८ लालिबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित कैलाली बर्दगोरिया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले नेपालगंजबाट कैलालीतर्फ जाँदै गरेका भे.६ प ६२२८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
गुलरिया (बर्दिया), साउन १० गते । बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइ आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९९.८४ प्रतिशत प्रगति गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उत्कृष्ट आयोजना भएको छ । आयोजनाले सुरुदेखि हालसम्म ८२ प्रतिशत काम सम्पन्न गरेको छ । बबई सिँचाइ आयोजनाले गत आव २०८१/८२ मा […]
नेपालगन्ज । बाँकेको निजी क्षेत्रले केही वर्षदेखि बारम्बार उठाउँदै आएको नेपालगन्ज–दिल्ली हवाई उडानको विषयमा फेरि पहल सुरु गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएपछि नेपालगन्ज–दिल्ली हवाई उडानका सम्बन्धमा फेरि पहल सुरु गरिएको जनाएको छ । सङ्घका अध्यक्ष तथा नेपालगन्ज–दिल्ली उडान दबाब समूहका संयोजक टङ्क […]
बाँके- बैजनाथ गाउँपालिका-७ पेडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय निरन्जन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नेपालगन्ज । यो वर्ष निकै छिटो रोपाई गर्न पाएपछि हर्षित किसान पानी नपरेका कारण चिन्तित बनेका छन् । पानीको स्रोत नभएको खेतमा रोपो सुक्न थालेको छ । रोपाई गरिएको खेतमा झार उम्रिएको छ । गाँजा लाग्ने समयमा वर्षा नहुँदा रोपो फस्टाएको छैन । छिटो पानी परेका कारण किसानहरु निकै छिटो बीउ राखे । एक महिनाअघि […]
बर्दिया— बढैयाताल गाउँपालिका–४ स्थित मान खोला किनारमा एक पुरुषको शव फेला परेको छ । बुधबार राति साढे १० बजेतिर शव फेला परेको मैनापोखर प्रहरीले जनाएको छ । पहिचान नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पहिचान नखुलेको शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । ५ फिट ५ इन्च उचाइ, […]
बबई (बर्दिया), साउन ८ गते । मलको अभाव भएपछि नेपाली किसान युरिया मल र डिएपीको खोजीमा सीमावर्ती भारतीय बजार धाउन बाध्य भएका छन् तर भारतीय बजारमा जाने नेपाली कृषकबाट भारतीय व्यापारीले जथाभाबी मूल्य लिने गरेको पाइएको छ । नेपाली कृषक ठगिने गरेका छन् । मल लिन भारतीय बजार पुग्ने कृषकबाट भारतीय व्यापारीले चर्को मूल्य लिएर […]
बबई (बर्दिया), साउन ७ गते । बर्सात नहुँदा बर्दिया जिल्लामा रहेका पानी पोखरी सुक्दै जान थालेका छन् । यहाँ मात्र २०३ हेक्टर जमिनमा प्राकृतिक पोखरी रहेको छ भने ४३० हेक्टर जमिनमा कृत्रिम पोखरीहरू रहेका छन् । गत जेठ महिनाको सुरुवातमा केही बर्सात भएको भए पनि पछिल्लो समय भने बर्सात हुन सकेको छैन । यसले प्राकृतिक पोखरीहरूमा पानीको […]
बबई (बर्दिया), साउन ५ गते । बर्दिया जिल्लाको राजापुर–गेरुवा जोड्ने २७ किलोमिटर सडक अलपत्र अवस्थामा छ । सडक निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको थियो । समयमा सडक निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ । निर्माण कम्पनी कान्छाराम राजेन्द्र जेभी धनगढी–४ सँग हुलाकी सडक आयोजना बाँकेले २०८० असोज ३ गते सम्पन्न गर्ने […]
बर्दिया — राँगा चराउन गएका बेला चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० बैदीका दिनेश चौधरी घाइते भएका छन् । चितुवाको आक्रमणमा उनको घाँटी र छातीमा गम्भीर चोट लागेको छ । घटना लगत्तै स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको प्रहरीले जनाएको छ । उनलाई कतरनियास्थित प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरी नगर अस्पताल जयनगर लगिएको छ […]











