गुलरिया (बर्दिया), माघ २ गते । बर्दियाको बढैयातालमा सारसको सङ्ख्या बढेको छ । गत वर्ष तीन वटा सारस भेटिएकोमा यस वर्ष बढैयातालमा सात वटा सारस फेला परेका छन् । सारसले बच्चा जन्माएको र अन्य स्थानबाट बसाइँ सरेर आएका हुनाले सारसको सङ्ख्या बढेको हो । गत सोमबार र मङ्गलबार गरिएको जलपन्छी गणनामा दुई बच्चासहित सात वटा सारस फेला […]
नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर स्नान आयोजना गरिएको छ । यही माघ १ गते नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना गर्न लागेको हो । नाट्टा अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको बैठकले पुस ३० […]
गुल्मी । गुल्मीमा चोरीका दुई स्कुटरसहित दुई जना किशोर पक्राउ परेका छन्। पाल्पाको तानसेन नगरपालिका-१४ अर्घलीका १६ वर्षीय किर्तिक पराजुली र रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ गोलपार्कका १६ वर्षीय प्रमिश पौडेल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार यस जिल्लाको रुरुक्षेत्र […]
बर्दिया — गुलरिया–५ वालापुरमा पोथी चितुवा मंगलबार मध्यरातमा नियन्त्रणमा आएको छ । गाउँ नजिक रहेको सामूदायिक वनबाट निस्केको चितुवा स्थानीयले घर नजिक थापेको केजभित्र पसेपछि नियन्त्रणमा आएको हो । स्थानीयले दुख्ख दिंदै आएको चितुवालाई नियन्त्रणमा लिन स्थानीयले आफै केज बनाएका थिए । असार यता डिभिजन वन कार्यालय अन्तर्गत चितुवाबाट ५, बाघबाट १ र हात्तीबाट […]
बर्दिया/ईकान्तिपुर —बर्दियामा सोमबारबाट जलपन्छी गणना सुरु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वाराबाट सुरु गरिने जलपन्छी गणना सोमबार बिहानबाट सुरु गरिएको हो। बढैयाताल, निकुञ्ज क्षेत्र, सतखलुवा ताल, मध्यवर्ती क्षेत्र, सामुदायिक वनलगायत चरा देखिने ठाउँमा गणना गरिने छ। जलपन्छी गणनाका लागि ६० जना गणक खटिएको नेपाल पन्छी विज्ञ संघका अध्यक्ष एंव जलपन्छी गणनाका बाँके, बर्दिया संयोजक […]
गुलरिया (बर्दिया) । बर्दिया र कैलालीको बिचमा रहेको कर्णाली नदीको शक्तिघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको हो । राजापुर र टीकापुर नगरपालिका नदी तटीय क्षेत्र स्थानीयको सहभागितामा माछा र जलचरको संरक्षणका लागि मत्स्य […]
डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्यसेवाअन्र्तगतको कार्य सम्पादनमाजिल्ला मै उत्कृष्ट भएको छ ।आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य सूचकहरुको आधारमाप्राप्तकुल७९.३६अंकका साथडुडुवा सर्वोत्कृष्ट भएको हो । प्रथमभएको डुडुवा गाउँपालिकालाई लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्यसचिवदुर्गा लक्ष्मीश्रेष्ठ, स्वास्थ्यनिर्देशनालयकानिर्देशक रोशन चौधरी, स्वास्थ्यकार्यालय बाँकेका प्रमुख सुनितापौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गर्नुभयो । डुडुवा गाउँपालिकाका स्वास्थ्यशाखाप्रमुखसिताराम चौधरीलाई दोसल्लाओढाएर सम्मानगरिएको हो […]
बर्दिया —बर्दिया जिल्ला अदालतले नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुका पति अनिल थारुलाई आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले बुधबार बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका अनिललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अञ्जुको […]
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेत भेरीगंगा नगरपालिका( ५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको छ । बाँसगढी नगरपालिका(१ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वनमा महिलाको शव भेटिएको हो । घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ ।
ज्योति पन्थी बबई (बर्दिया) । बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् । डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनदेखि पुस […]












