बर्दिया – बढैयाताल गाउँपालिका-१ एकनारायण चोक बस्ने ६० वर्षीय हर्क बहादुर वली सोही ठाउँस्थित नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । रसुवामा आएको बाढीपछि बर्दियाका करिव दुई सय सर्वसाधारण सम्र्पकमा आएका छन् । रसुवाको मैलुगमा रहेका बर्दिया बाँसग।ढी नगरपालिका वडा न ९ माछागढका टेकबहादुर थारुले आफूहरु सुरक्षित रहेको फोन सम्पर्कमा बताए । त्यस्तै बारबर्दिया ९ ढकैलाका हरिकृष्णले आफूहूले उद्दारका लागि हेलिकप्टर आएको जानकारी दिए ।
नेपालगन्ज । बुधबार विहान भोटेकोशीमा आएको बाढीले गरेको धनजनको क्षतिको खबरले बर्दियाका गाउँ—गाउँमा चिन्ता छाएको छ । बर्दियाबाट त्यहाँका जलविद्युत आयोजनामा काम गर्न गएका युवाहरु सम्पर्कविहीन भएपछि चिन्ता बढेको हो । केही भने परिवारको सम्पर्कमा आएका छन् । सम्पर्कबिहिनहरुको संख्या थपिदै गएको छ । उनीहरुमध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका […]