धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१८ को फूलबारी र कञ्चनपुरको वेदकोट नगरपालिकामा शनिबार भएका दुर्घटना बालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार वेदकोट नगरपालिका-६ सिसैयामा से१त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट बैतडीको दोगडाकेदारका ६ वर्षीय लवचन्दको मृत्यु भएको हो । हालवेदकोट नगरपालिका-६ स्थित मामा घरमा बस्दै आएकाचन्दको शनिबार साँझतिर […]
बाजुरा/ मालिका नगरपालिका-२ खडिगाडमा २ वटा ट्याक्टर आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मार्तडीबाट गौमुल गाउँपालिकातर्फ गइरहेको सु.प.प्रदेश ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरलाई लु.४ त ७३०५ नम्बरको ट्याक्टरले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुवै ट्याक्टरले सिमेन्ट सरिया बोकेको थिए । दुर्घटनामा मृत्यु […]
धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका(११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका(२ की ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी […]
धनगढी । कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मतभिन्नता भई विवाद हुनसक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका ४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा […]
धनगढी । कैलाली जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार आफैं अनियन्त्रित भएर […]
काठमाडौं, २५ मंसिर/ कैलाली, धनगढी उपमहानगरपालिका-२ डोके बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी केआईसिंह गाउँपालिका-१ बस्ने २० वर्षीय निश्चल शाही र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मनोज रावल रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले […]
रासस/टीकापुर, मंसिर १२ / कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्। उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन्। चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उक्त नहर झारजङ्गल र पटानी हुँदा खेतमा पानी अभाव […]
धनगढी । कैलालीको कैलारी गाउँपालिकाले पालिकाभित्रै ओहोरदोहोर गर्ने मानिसहरूबाट दैनिक रूपमा शुल्क लिने गरेको छ । गाउँपालिकाले महँगो रकममा ठेक्का नै दिएर दैनिक ओहोरदोहोर गर्ने मानिसहरुबाट शुल्क असुली गरिरहेको हो । गाउँपालिका भएर मोहना नदी बगेको छ । मोहनापारी वडा नं. ३ र ७ स्थित मोहनपुर, शिवरत्नपुर, हौसलपुरलगायत गाउँहरू पर्दछन् । ती गाउँहरूसँग जोडिएको […]
५ मंसिर, धनगढी । कैलाली भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बिकको घटनास्थलमै मृत्यु भएको हो भने ट्रकमा सवार अन्य १७ जना घाइते भएका छन् । उनीहरुमध्ये दुई […]
रासस/ अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा […]









