धनगढी । शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र ओझाबाट केही रकम लिएको आरोपमा दुई जना अटो रिक्सा चालकलाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका-३ मिलनचोक बस्ने २५ वर्षीय मनोज बहेडी र धनगढी-२ चौराह बस्ने ३१ वर्षीय करन बोहरा रहेका छन् । उनीहरूले ओझाबाट नेपालतर्फका सुरक्षाकर्मीलाई पैसा […]

धनगढी । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय पुनर्वासकाे संयुक्त टाेलीले पुनर्वास नगरपालिका-३ काे आईबीआरडीबाट ११८ ग्राम ३६ मिलिग्राम लागुऔषध खैराे हेराेइनसहित दुई जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय अमितकुमार वर्णवार र बेलाैरी नगरपालिका-२ बस्ने सितादेवी चाैधरी रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]

  बझाङ/रासस-  बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो। सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले जानकारी दिए। दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ […]

कञ्चनपुर/रासस। लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शङ्कास्पद छ, उनले भने, “मृतको शरीरमा धारिलो हतियार […]

बाजुरा, कात्तिक ५ गते । बडीमालिका नगरपालिकामा अरिँगालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिँगालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताउनुभयो । असोज […]

काठमाडौं, ३० असोज-कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय छोटे रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, रामधुनी नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ […]

  डडेलधुरा/ रासस—डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए […]

  धनगढी, असोज २६ गते । कैलालिको चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले गएराति आफ्नो श्रीमतीको बन्चरो प्रहार गरि हत्या गरेका छ्न । प्रदेश प्रहरीका अनुसार राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारबाट ४७ वर्षीया हीरादेवी चुनाराको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटेको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने डम्मरलाई पक्राउ […]

धनगढी /बीबीसी-  भारतको महाराष्ट्रबाट दशैँ मनाउन घर फर्किएका सुर्खेतको बाबियाचौरका मदन गुरुङले आफ्ना साथीहरूसहित आफू शुक्रवार गौरीफन्टा नाकामै लुटिएको बताए। उनले भने, ‘‘गौरीफन्टामा ओर्लिएर आउँदै गर्दा सिसा लगाएको बक्सजस्तो घर भित्रबाट हामीलाई बोलायो। प्रतिव्यक्ति १०० भारु मागे। हामीले प्रतिवाद गर्‍यौँ।” “चोरी गरी ल्याएको पैसा हो र! पसिनाको कमाइ हो भन्यौँ। त्यसपछि धम्काउँदै हामीलाई ब्याग खोल् […]

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ बस्ने १९ सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको […]