बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थितबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही गाउँपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय रमेश शाही रहेका छन् । धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट […]

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरूवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मानबहादुरको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक […]

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए । छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई […]

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित नास्ता पसल संचालन गरी बस्ने बझाङ जयपृथ्वी नगरपालिका-५ घर भएका ४५ वर्षीय प्रयाग राज जोशी समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रूपैयाँ र १ गड्डी तास सहित […]

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत […]

धनगढी । डोटीमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट डोटीको दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा […]

डोटी । डोटीमा भीरबाट लडेर रुपा साउदको ज्यान गएको छ। दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो। भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैँजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

डडेल्धुरा । डडेल्धुराका घर भएका इञ्जिनियर प्रमोद जोशीको भारतमा निधन भएको छ। अमरगढी नगरपालिका–८ टाँटरका ५३ वर्षीय जोशीको भारतको सिक्किममा मृत्यु भएको हो। इञ्जिनियरसमेत रहेका जोशीले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणको काम गरेका थिए ।

काठमाडौं । कैलालीका ९ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वको अवसरमा ९ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन्।

  बाजुरा । बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार मृत्यु भएको हो। उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट (सिडी) लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।