कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का स्थानीय ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ ५ः३० बजेतिर मृत फेला परेका छन् । भान्जा नाता पर्ने बर्मा भण्डारीको घरको आँगनमा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनको शरीरमा कुनै चोटपटक छैन । मामा र भान्जाबिच आर्थिक लेनदेनको विषय जोडिएको हुनाले बर्मा […]
धनगढी। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक अविवाहित हुन । घटनाको प्रकृति शङ्कास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुर । भारतको उत्तराखण्डस्थित उद्यमसिंह नगरमा आकर्षण रोजगारीको प्रलोभनमा परेर बन्धक बनाइएका सुदूरपश्चिमका एकसहित ३५ नेपाली युवालाई सकुशल उद्धार गरिएको छ । आकर्षक रोजगारीको प्रलोभनमा पारी बन्धक बनाइएका डोटीको दिपायल सिलगढी नगरपालिका– १ का १९ वर्षीय प्रेम मल्लसहित ३५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
धनगढी/ईकान्तिपुर — सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट नियुक्त उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको पद संकटमा परेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई मंगलबार राति फोन गरेर पदबाट राजीनामा दिन निर्देशन दिएका छन् । जेठ ४ गते नियुक्त भएका मन्त्री चौधरीले बिहीबार बिहानसम्म राजीनामा दिएका छैनन् । रामेश्वरअघिका उद्योगमन्त्रीमा नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी […]
कैलाली, ११ जेठ । एक महिलामाथी जबर्जस्ती करणी गरेको अभियोगमा एक बृद्दा पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने ७० वर्षीय लोक बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको […]
धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्ममा अस्पताल पुर्याएको थियो । तर पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल […]
दार्चुला — राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बैतडी जिल्लाको सदरमुकाम गोठालापानी नजिकको गढीलाई केन्द्रबिन्दु बनाएर बिहानै १ बजेर ४८ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको छ । त्यसपछि राति २ बजेतिर ३.७ म्याग्निच्युडको पराकम्प पनि गएको केन्द्रले जनाएको छ । दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीको सदरमुकाम […]
काठमाडौं,२६ वैशाख डडेलधुरा, आलिताल गाउँपालिका-८ सुनखोलास्थित सडकमा भि.न.पा. ००१ ह ०१२६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ कैनघाडी बस्ने बिक्रम विकको छोरा ४ वर्षीय बिबेक विकको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जोगबुढा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा […]
कैलाली, २५ बैशाख । धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन । खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ मनेहरा बस्ने २२ वर्षीय प्रकाश रानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो […]
कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष औहालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जओबाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ । विसं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट वञ्चित छन् । आरक्ष विस्तारको क्रममा जिल्लाको विभिन्न स्थानबाट विस्थापित भएर यहाँ बस्दै आएका नागरिकहरू राज्यबाट पाउने आधारभूत सेवा सुविधाबाट वञ्चित भएको बताउँछन् । “हामी […]












