खजुरा, वैशाख १६ गते। खाद्य अधिकार अभियन्ताको दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको राष्ट्रिय सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि विभिन्न १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ। शुक्रबार र शनिबार नेपालगन्जमा सम्पन्न भएको उक्त सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि विभिन्न १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको आयोजक फियान नेपालका सुरेशकुमार गौतमले जानकारी दिनुभयो। सुदूरपिश्चम, कर्णाली, लुम्बिनी, […]
काठमाडौँ, वैशाख १६ गते । एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदै छ । यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बिहान औपचारिक उद्घाटन गरेपछि सुरु हुने सम्मेलन सोमबार बेलुकासम्म […]
नेपालगन्ज, वैशाख १५ गते । बाँकेको खजुरा गाउँपालिकामा व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु भएको छ । “खजुराको विकास र समृद्धिको आधार : दिगो र फराकिलो स्थानीय कराधार” मूल नारासाथ खजुरा गाउँपालिकाको आयोजनामा व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु गरिएको हो । स्थानीय व्यवसायीलगायत सरोकारवाला पक्षको सहभागितामा खजुरा गाउँपालिका वडा १ बाट […]
नेपालगन्ज, वैशाख १४ गते। तीन पटक म्याद थपिँदा समेत सहरी विकास मन्त्रालय अन्तरर्गत नेपालगन्ज १४ भवानीयपुरमा निर्माणाधीन बहुउदेश्यीय सिटीहलको निर्माण अझै अधुरै रहेको छ। कोरोना, निर्माण सामग्री समयमा नपाउनु र बिचमै डिजाइन समेत परिवर्तन गर्नु परेकोले तोकिएको समयमा सिटी हलको निर्माण पुरा हुन नसकेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ […]
खजुरा, वैशाख १४ गते । भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ । भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा […]
नेपालगन्ज, वैशाख १३ गते । बाँकेका अधिकांश उद्योगी व्यवसायीहरूले भन्सार दर र करको दर परिवर्तन हुनुपर्ने माग राखेका छन् । केही दिनअघि राजश्व परामर्श समितिले जिल्लाका उद्योगी, व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै करका विषयमा सुझाव सङ्कलन गर्दा उनीहरूले सो सुझाव दिएको व्यवसायीको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले कर तिर्ने […]
११ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुलाई २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभाग, सिक्टा सिंचाइ आयोजना, नेपाल […]
नेपालगन्ज । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट दुबै देशका प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र प्रचण्डले सो आइसीपीको संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो । तर, […]
झापा, वैशाख ७ गते । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको […]
चौतारा (सिन्धुपाल्चोक), वैशाख ६ गते । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । नाका सञ्चालन भएपछि व्यापार बढेको उहाँले बताउनुभयो । पछिल्लो […]












