काठमाडौँ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ। राति १ बजेदेखि लागू हुनेगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ। निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम […]

  बबई (बर्दिया), कात्तिक १३ गते । बर्दियाको गुलरिया–नेपालगन्ज खण्ड अन्तर्गतको हुलाकी सडक निर्माण सम्पन्न भएको चार महिनामै भासिन थालेको छ । करिब तीन अर्ब १५ करोड लागतमा बनेको उक्त चार लेन सडकका विभिन्न भाग अहिले भासिएर दुर्घटनाको उच्च जोखिममा परेका छन् । बढैयाताल गाउँपालिका–८ स्थित बरमेली टोलको सडकखण्डमा भासिएको भाग जोखिमपूर्ण बनेको छ । […]

  काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपाली बजारमा आइतबार सुन तोलामा ११ हजार ६ सय रुपियाँ घटेको जनाएको छ । आजका सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपियाँ निर्धारण गरेको छ । यसअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते […]

काठमाडौँ/ईकान्तिपुर— जेन–जी आन्दोलनका बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आर्थिक अपराध अनुसन्धान गर्ने ‘पिलर’ मा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणका केही कागजात नष्ट भएको खुलेको छ। लाजिम्पाटस्थित सीआईबीको भुइँतलामा रहेको आर्थिक अपराधसम्बन्धी पिलरमा तोडफोड गर्दै प्रदर्शनकारीले कर्णाली विकास बैंकको ९ सय पृष्ठको मिसिल सडकमा ल्याएर आगो लगाएको पाइएको हो । ब्युरोका प्रहरी उपरीक्षक […]

  काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । बिहीबार दुई हजार रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य थप बढेको हो । महासङ्घका अनुसार बिहीबार १० ग्राम सुनकै दुई लाख १५ हजार […]

काठमाडौँ । बबई सिँचाइ आयोजनाले ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरेको छ । करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक […]

वाशिङ्गटन डिसी (अमेरिका), असोज गते । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको […]

काठमाडौँ/रासस — सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ […]

काठमाडौँ/ईकान्तिपुर  — दसैं बिदापछिका दुई कारोबार दिनमा मात्र नेप्से परिसूचक झन्डै १ सय ४ अंकले घटेको छ । मंगलबार ५८.५५ र बुधबार ४५.३६ गरेर दुई दिनमा कुल १०३.९१ अंकले नेप्से घटेको हो । दसैंअघि असोज १२ आइतबार नेप्से करिब साढे ११ अंकले बढेर बन्द भएको थियो । तर, दसैंपछिको बजारमा भने लगानीकर्ताको आत्मविश्वास बढ्न सकेन । जसकारण दुई दिन […]

  नेपालगन्ज। हुलाकी राजमार्ग निर्देशनालयले बाँकेको राप्तीसोनारी गाउँपालिका–३, नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्डको निर्माण प्रक्रिया अगाडि बढाएको छ । हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरै रहने निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले यो खण्डमा निर्माण कार्य अगाडि बढाउन स्रोत सुनिश्चितका लागि सम्बन्धित निकायमा […]