बुटवल । २०७४ सालदेखि सङ्घीय सरकारको मातहतमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा हालसम्म सरकारले आन्तरिक सङ्गठनात्मक तथा व्यवस्थापन (ओएनएम) सर्भे स्वीकृति गरेको छैन । दरबन्दी स्वीकृति नगर्दा अस्पताल अहिले करार र काजका कर्मचारीको भरमा छ । सरकारले ६ वर्षसम्म पनि दरबन्दी स्वीकृत नगर्दा करार र ज्यालादारी कर्मचारी राखेर काम गराउनु परेको अस्पताल प्रशासनको […]

खजुरा । नेपाल प्रहरीको नेपाल प्रहरी अस्ताल महाराजगन्ज काठमाडौँको आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको समन्वयमा बाँकेका विभिन्न एकाइमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । प्रहरी दिवस २०८० को अवसर पारेर सोमवार नेपालगन्जमा बाँकेका विभिन्न एकाइमा कार्यरत १ सय ४३ जना पुरुष तथा महिला प्रहरी कर्मचारीहरूको निःशुल्क स्वास्थ्य जाँच गरिनुका […]

१ चैत्र , बर्दिया ,   मलेरिया जाेखिम क्षेत्र बढैयाताल गाउँपािलका ८ मा  किटनासक झुल वितरण प्रकृयाका लागि पुर्व तयारी अभिमुखिरकरण गरिएको छ । बढैयाताल गाउँ पालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा तथा नेपाल सरकार , स्वास्थ्य जनसंख्या मन्त्रालयको कार्यक्रम, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा अभिमुखिरकण गरिएको हो । बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख […]

  नेपालगन्ज । नेपालगन्जमा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर विश्व मिर्गौला दिवस बिहीबार मनाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले दिवसको अवसरमा बिहान नगरमा प्रभातफेरी आयोजना गरेको थियो । उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका […]

०१ चैत्र बढैयाताल , बर्दियाको बढैयाताल गाउँपालिकामा निःशुल्क आँखा, कान शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उप शाखा बढैयातालको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको सहकार्यमा बुधवार शिबिर सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दिया , शिवगंगा आँखा उपचार केन्द्र गुलरिया बर्दियाका प्राबिधिकको सहयोगमा सञ्चालन गरिएको उक्त शिविर […]

  खजुरा । मौसम परिवर्तन भएसँगै नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी अत्यधिक बढेका छन् । चिसो मौसम सकिएर गर्मी मौसमको सुरुवात भएसँगै नेपालगन्जमा अत्यधिक रुपमा मौसमी भाइरलका बिरामीहरु बढेको पाइएको हो । भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालका अनुसार नेपालगन्जमा केही दिनदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने, नाकबाट पानीजस्तो सिगान बग्ने, टाउको दुख्ने, घाँटी […]

खजुरा । बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिनअघि औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) […]

नेपालगन्ज । भेरी अस्पतालको प्रसूति गृहमा दैनिक १० देखि १२ जना जटिलखालका गर्भवती आउँछन् । तिमध्ये ६ जनाले मात्र भेरी अस्पतालको बेड पाउँछन् । अरुलाई अन्यत्रै रिफर गर्नुपर्ने बाध्यता छ । पश्चिम नेपालको स्वास्थ्यको धरोहरका रुपमा परिचित यस अस्पतालमा आवश्यकताका आधारमा बेडहरु नहुँदा सुत्केरी तथा गर्भवती महिलाले सहजरुपमा सेवा पाउन सकेका छैनन् । भेरी अस्पतालमा […]

  नेपालगन्ज, फागुन १६ गते । बाँकेमा गत तीन दिनमा एक लाख चार हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको तीन दिनमा जिल्लामा एक लाख चार हजार ७७३ बालबालिकालाई सो खोप लगाईएको […]

कोहलपुर। रुकुमको पिपल गाउँपालिका–९ बस्ने कौशिला दाहालले कुष्ठरोगको नियमित उपचार गराइरहनुभएको छ । विगत १५ वर्षदेखि कुष्ठरोगको समस्या भए पनि समाजको डरले खुट्टाको घाउ लुकाएर बस्नु परेको गुनासो उहाँले सुनाउनुभयो । रोगको पीडा सहन नसकेपछि उपचार गर्न रुकुम सदरमुकाम आइपुगेकी दाहाल थप उपचारका लागि बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा रहेको साइनिङ अस्पतालमा पुग्नुभएको छ । कुष्ठरोग लागेको थाहा पाएपछि […]