बाजुरा/ रासस। जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडीस्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप […]

नेपालगन्ज। पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको उपचार हुने प्रमुख अस्पतालका रूपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेसँगै सेवा विस्तारको पहल पनि सुरु गरिएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको सो अस्पतालको प्रसूति सेवालाई थप फराकिलो, प्रभावकारी र गुणस्तरीय बनाउन बाँकेकी सङ्घीय सांसद दीपा शर्माले पहल सुरु गर्नुभएको हो । सो अस्पतालमा […]

काठमाडौं । कुष्ठरोग प्रभावितको सङ्ख्या बढ्दै गएको छ । छालारोग विशेषज्ञ डा. रवीन्द्र बाँस्कोटाका अनुसार वार्षिक लगभग तीन हजार नयाँ कुष्ठरोग प्रभावित थपिन्छन् । सरकारले सन् २०१० मा रोग निवारण गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार रोगको निवारण गर्न प्रति १० हजार जनसङ्ख्यामा एक प्रतिशतभन्दा कम बिरामी हुनुपर्छ । निवारणपछि लगभग ३५ हजार कुष्ठरोग […]

  नेपालगन्ज । सरकारको तथ्यांकअनुसार लुम्बिनी प्रदेशको १२ जिल्ला मध्ये सबै भन्दा बढि बाँकेमा कुपोषण देखिएको छ । बाँकेमा ४ सय २५ जनामा कुपोषण देखिएको छ । त्यस्तै रूपन्देहीमा ३ सय ९५, कपिलवस्तुमा ३ सय १३, बर्दियामा २ सय ८६, दाङमा २ सय ३२, पश्चिम नवलपरासीमा १ सय ९९, रोल्पामा ४३, प्यूठानमा ३५, गुल्मीमा ३४, […]

मुगु/रासस । जिल्लाको सोरु गाउँपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरु गाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरु गाउँपालिका– ६ जिमा गाउँका कर्णजित बुमीले राससलाई बताउनुभयो । जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, […]

नेपालगन्ज । सरकारले सार्वजनिकस्थलमा सुर्तिजन्य बस्तुको प्रयोगमा रोक लगाएको कानुन बाँकेमा कार्यान्वयन हुनसकेको छैन । सुर्तिजन्य बस्तुको प्रयोग नियन्त्रणका लागि यसअघि पटकपटक प्रयास हुँदै आएको थियो । अभियान सुरु हुने रोकिने गरेको छ । सरकारले सार्वजनिकस्थलमा धुम्रपान गर्न नपाउने गरि ऐन ल्याएको हो । ऐनले सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुको प्रयोग गर्नमा रोक लगाउनुको साथै नाबालक […]

  गोरखापत्र/जाजरकोट । जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव भएता पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनीषा रावत भूकम्पपछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भएका छन् । त्यहाँ […]

दलबहादुर सुनार पौष २४ बर्दिया , पशु सेवा कार्यालय बढैयाताल गाउँपालिका बर्दियाको आयोजनामा एक दिने निःशुलक पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । स्थानिय पशुपालक किसानको घर दैलोमा सेवा दिने उद्देश्यले बढैयाताल गाउँपालिका ८ नम्बर वडा कार्यालयको समन्वयमा र पशु प्रजनन कार्यालय गौघाट बाकेको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिबिरमा गाई , भैसी […]

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जनाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो । कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन […]

  नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाँउमा तीन सय दुई जनामा गरिएको र्‍यापिड डाइगोनिष्टक टेस्ट (आरडिटी) मा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला परेन । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडीटी जाँच गरिएको थियो । नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाउँपालिका […]