बीबीसी । प्राकृतिक रूपमा पाक्नुअघि नै बजारमा पाउन थालेका आँपमा रसायन प्रयोग गरिएको हुन सक्ने भन्दै विज्ञहरूले गुणस्तरप्रति उपभोक्ताहरू सचेत हुनुपर्ने बताएका छन्। खाद्य प्रविधि तथा फलफूल क्वारन्टिनका मामिलाका जानकारहरूले आँपलाई कृत्रिम रूपले पकाउन क्याल्सियम कारबाइडजस्ता रासायनिक यौगिकको प्रयोग गरिने भन्दै तिनको घातक असर हुन सक्नेमा सचेत गराएका हुन्। उक्त रसायनलाई फलफूलमा प्रयोग गर्न प्रतिबन्ध […]

नेपालगन्ज “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक बृहत रक्तदान गरिएको छ । गएको जेष्ठ ९ गते रक्तदान कार्यक्रममा महिला पुरुष गरी ८८ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा रक्तदान गरिएको छ । वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका नगर […]

  नेपालगन्ज, जेठ १० गते । बाँके जिल्लामा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभी खोप दिनका लागि २४३ वटा खोप केन्द्र कायम गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म सञ्चालन गरिने सो अभियानको तयारी बारे जानकारी गराउन स्वास्थ्य कार्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा सो जनाइएको हो । स्वास्थ्य […]

८ जेष्ठ बढैयाताल गाउँपालिकाको टोल टोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धीको सचेतना कार्यक्रम सचालन गरेको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाँके यूनेस्को क्लब सशक्त बालिका परियोजनाले बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ ,८ र ९ का गाउँ बस्तिका टोल टोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको हो । सचेतनाको कार्यक्रम गर्नेक्रममा बढैयातालको […]

  नेपालगन्ज, जेठ ७ गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कुकुरले मानिसलाई टोकेका घट्ना बढ्न थालेपछि उपमहानगरमा रेबिजको जोखिम बढेको छ । दैनिकजसो कुकुरले टोकेर भेरी अस्पताल पुग्नेहरू बढ्दै गएपछि रेबिजको जोखिम कम गर्ने उद्देश्यले कुकुरको सङ्ख्या घटाउन नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार नेपालगन्जमा […]

  कोहलपुर, जेठ ५ गते । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले गाउँपालिले मृत्युदर घटाउने अभियान सुरु गरेको छ । नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्वारा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधिले मातृ मृत्युदर घटाउन विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका छन् । डुडुवामा […]

अनलाईन खबर /काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिकाको एक विद्यालयले एचआईभी संक्रमित भएको खुलेपछि विद्यार्थीलाई निष्कासन गर्‍यो । ६ वैशाखमा विद्यालय भर्ना भएका उनलाई २२ वैशाखमा विद्यालयले निष्कासन गरेको राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालकी एड्भोकेसी अफिसर यशोदा तिमिल्सैनाले जानकारी दिइन् । ‘जिल्लाका साथीहरूले विद्यार्थीलाई पुनर्स्थापित गर्न समन्वय गरिरहनुभएको छ’, उनले भनिन् । यसअघि पनि एचआईभी […]

बैतडी, वैशाख ३० गते । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरू आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा […]

  नेपालगन्ज, वैशाख २९ गते । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरेपछि बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा एक्कासि फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेको र तीमध्ये आठ जना अलि बढी बिरामी भएकोले उनीहरू सबैको उपचार […]

  नेपालगन्ज, वैशाख २३ गते । पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न अस्पताल रहेको बाँके जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् । जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्ती सोनारी […]