काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’ सँग टी–२० सिरिज खेल्ने घोषणा गरेको छ । क्यानले वेस्ट इन्डिजसँग घरेलु मैदानमा पाँच खेलको सिरिज आयोजना गर्न लागेको हो । नेपालले ओमानमा चैत ३० गतेदेखि सुरु हुने एसीसी प्रिमियर कप पछि वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो । वेस्ट […]
६ चैत्र बढैयाताल , पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यूवा नै हो देशको शान ः सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ यहि चैत्र २४ गते बर्दियाको बढैयाताल गाउँपालिकामा हुने फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको हो । बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि बर्दिया जिल्ला […]
काठमाडौं /सेतोपाटी/ हङकङ मेन्स टी-२० सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल भिडन्त बुधबार नेपाली समयअनुसार पौने १२ बजे सुरू हुनेछ। मंगलबार भएको दोस्रो खेलमा पिएनजीले घरेलु टिम हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेसँगै फाइनलमा भिड्ने दुई टिमको टुंगो लागेको हो। यसअघि मंगलबार नै नेपालले पिएनजीमाथि […]
बुटवल । राष्ट्रिय खेलकुद परिषद्ले २०७५ सालमा निर्माण गरेको नेपालगन्ज रङ्गशाला यतिबेला उपेक्षाको सिकार बनेको छ । यो रङ्गशाला अहिले उपयोगविहीन जस्तै बनेको हो । राष्ट्रिय खेलकुद परिषद्ले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाहेक यो रङ्गशालामा कुनै खेल गतिविधि सञ्चालन गरेको छैन । संरचना निर्माण भएर पनि उपयोगविहीन भइरहेको सरोकारवाला बताउँछन् । राष्ट्रिय खेलकुद परिषदले रङ्गशालाको जिम्मेवारी […]
बीबीसी/ नेपाली क्रिकेट समर्थकहरू नेदरल्यान्ड्सको टोलीलाई विशेष रूपमा सम्झिने गर्छन्। त्यो किन भने जब सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) राष्ट्रको मान्यता पायो, नेदरल्यान्ड्सले नेपालसँग पहिलो ओडिआइ शृङ्खला खेल्न तयार भएको हो। द नेदरल्यान्ड्सको घरेलु मैदानमा खेलिएको २ खेलको नतिजा पनि विशेष थियो। पहिलो खेल ५५ रनले हारेको नेपालले भोलिपल्ट नेदरल्यान्ड्सलाई […]
रामपुर (पाल्पा), फागुन १८ गते । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुक्रबारदेखि पाल्पामा हुँदैछ । सङ्घीयतापश्चात् लुम्बिनीमा हुन लागेको प्रथम संस्करणको राष्ट्रिय महिला भलिबलको उट्घाटन खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा मुख्य प्रयोजनमा हुन गइरहेको प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा […]
काठमाडौं । दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका […]
प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी एफ. सि क्लबले जितेको छ। आइतवार नेपालगन्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाईनल खेलमा कोहलपुर-११ लाई एकको बिरुद्ध ६ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो। उपाधीसंगै मानवीले नगद रु. ३० हजार र उपबिजेता कोहलपुर-११ ले नगद रु. १५ हजार सहित पदक र कप प्राप्त गरे। मानवी […]
नेपालगन्ज । कोहलपुर मेयर ११ को टोली सुशील कोइराला मेमोरियल यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कोहलपुर मेयर ११ ले सुदुरपश्चिमलाई ६ विकेटले पराजित गरेर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । कोहलपुर मेयर ११ को टोलीले बागमती प्रदेशसँग एक खेल खेल्न अझै बाँकी छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले […]
नेपालगन्ज। १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले हात पारेको छ । योसँगै लगातार तेस्रो पटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक गर्न पनि सफल भएको हो । यसअघि कोहलपुरले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितेसकेको थियो । प्रतियोगितामा जिल्लाका सात वटा स्थानीय तहबाट छनोट भएर आएका एक […]












