काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल चीन पुगेका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम् १९ औं एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका छन् । प्रधानमन्त्री […]
हाङचउ/ ईकन्तिपुर— एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजना गर्दै चीनले भन्न चाहेको छ, ‘हामी कति धेरै सुरक्षित छौं र हामीले कति धेरै प्रगति गरेका छौं ।’ चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष […]
२०८० असोज ०६ गते (शनिबार) दिउँसो : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी […]
बर्दिया —पपुलर जातको ३४ दशमलव २ क्यूफिट काठ सीमावर्ती भारत कतरनियाघाट वन्यजन्तु आरक्षबाट तस्करले ल्याएको आशंकामा गुलरिया नगरपालिका—९ खालीपरुवास्थित बूढीनालाको किनारमा लुकाइराखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । बेवारिसे अवस्थामा काठ बरामद गरिए पनि कोही पक्राउ परेका छैनन् । प्रहरीले बरामद गरेको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बर्दिया पठाएको जनाएको छ । […]
मुगु — सदरमुकाम गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका छन् । प्रदीप रावल, पुतली शाही, जंग ऐडी, शान्त्वना खत्री, पञ्च सेजुवालको घर र पदमराज मल्ल टिनको टहरासहित ८ जनाको घर जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय […]
नेपालगञ्ज, ५ असोज । नेपालगञ्ज उपमहानगरपालिकामा सरसफाइ व्यवस्थापनमा ६ सय भन्दा बढि व्यक्तिहरु आवद्ध रहेतापनि उनीहरुको सुरक्षा र मर्यादाको विषय गम्भीर रहेको एक अध्ययनले देखाएको छ । ‘एशिया प्रशान्त क्षेत्रमा सरसफाइमा सबैको पहुँच अभिबृद्धि’ कार्यक्रम अन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययनले यो खुलासा गरेको हो । सेप्टिक ट्यांक सफाइ, शौचालयहरुको व्यवस्थापन र सञ्चालन तथा […]
५ असोज, काठमाडौं । देशभर २२ जनप्रतिनिधि रिक्त भएपछि निर्वाचन आयोग्ले बैशाखमा उपनिर्वाचनको तयारि गरेको छ । निर्वाचन आयोगका अनुसार एक/एक प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छ । संविधान सभाका अध्यक्ष सुवास नेवाङको निधन भएपछि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर १ रिक्त भएको छ । ४ मंसिर २०७९ मा […]
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका ६ मा रहेको बाल सुधार गृहमा दुई समूहको झडपपछ तनाव परिस्थिति नियन्त्रणमा आए पनि ४ जना शुक्रबार साँझ अबेरसम्म सम्पर्कमा आएका छैनन्। झडपपछि बालसुधार तोडफोड गरि भगेका ३० जना मध्य ४ जना सम्पर्कमा नआएका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार बिहीबार राति आन्तरिक विषयमा झडप […]












