कञ्चनपुर/ ईकान्तिपुर— तनहुँकी श्रेया शर्मा पश्चिम बंगालको सिलिगुडीस्थित बारमा काम गर्थिन् । सन् २०२० को सुरुवाततिर उनको भेट भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्यायसँग भयो । उपाध्यायका साथीहरूको माध्यमबाट भएको यो भेटमा दुवै एकअर्काप्रति आकर्षित भए । त्यसपछि दुवैबीच निरन्तर भेटघाट भइरह्यो ।   ४२ वर्षीय उपाध्यायले सिलिगुडीमा फ्ल्याट लिए, दुवै सँगै बस्न थाले । पतिपत्नीझैं सम्बन्ध भयो । […]

एएफ्पि /कोलम्बो — कुशल मेन्डिसको ९१ तथा चारिथ असलन्काको ४९ नटआउट रनको मद्दतले श्रीलंकाले एसियाकप २०२३ मा बिहीबार पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । उपाधिको भिडन्तमा श्रीलंकाको सामना भारतसँग हुनेछ ।   ईकान्तिपुरका अनुआर  जितका लागि डीएलएस अनुसार ४२ ओभरमा २ सय ५२ रनको लक्ष्य पाएको श्रीलंकाले अन्तिम बलमा विजयी रन […]

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहको क्षमता २ सय भए पनि यहाँ २ सय ६० जनालाई राखिएको छ । न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नामक गैरसरकारी संस्थाले गृहको जिम्मा लिएको छ । गृहभित्र उचित सुरक्षा प्रबन्ध हुन नसक्दा बारम्बार झडपका घटना हुने र बालबालिका भाग्ने क्रम दोहोरिएको देखिन्छ । जबकि गृहभित्र सुरक्षा दिन […]

२८ भदौ, जनकपुरधाम । ३१ असारमा अन्त्य भएको मधेश प्रदेश सभाको अधिवेशन अझै सुरु भएको छैन । २०७९ मंसिरको चुनावपछि गठन भएको प्रदेश सभाको पहिलो अधिवेशनमा ३६ वटा बैठक भएका थिए । त्यसबेला ७ वटा विधेयक दर्ता गरिएका थिए । जसमध्ये बजेटसँग सम्बन्धित दुईसहित जम्मा तीनवटा मात्रै पारित भए । मधेश प्रदेशका केही ऐनलाई संशोधन […]

काठमाडौँ — कोरोना भाइरस संक्रमणको महामारीका कारण लगाइएका प्रतिबन्ध हटेको ९ महिनापछि चीनमा १९ औं एसियाली खेलकुद सुरु हुँदै छ । सहभागी हुने खेलाडीको आकारका रूपमा चीनको पूर्वी सहर हाङझाउमा हुने यसपल्टको एसियाली खेलकुद ओलम्पिकभन्दा पनि ठूलो रहेको छ । आयोजक सहरले दिएको पछिल्लो तथा अन्तिम तथ्यांकअनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीको कुल संख्या छ १२ हजार ४ […]

    रासस, बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु१०० भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौंको सङ्ख्यामा नेपाली रुपैडिहा बजार पुग्ने गरेका हुन् । […]

२८ भदौ, दाङ । लुम्बिनीमा प्रदेश सरकारले बिहिबार  सूचना जारी गर्दै  अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । सूचनामा  प्रदेशका तीन जिल्लाका दाङ्ग, बाँके र बर्दियाका  थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो ।        

  तिलोत्तमा — नेपाली कांग्रेस लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेको छ । ईकान्तिपुरका  अनुसार कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय राप्ती उपत्यका पाखापानी, दाङमा सम्पन्न बैठकले लुम्बिनी प्रदेशका जनताका जनजीविकालाई […]