काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे १ बजेदेखि मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको कार्यव्यस्तताले सोमबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक मंगलबार बसिरहेको हो । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्की विभिन्न कार्यक्रममा सहभागी भएकाले मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन ।  

    नकपुरधाम । महोत्तरीमा छुरा प्रहार गरी जलेश्वर नगरपालिका ९ का ६० वर्षीय बेचन रायको हत्या भएको छ । जलेश्वर नगरपालिका(९ आगेपुल स्थित उनीमाथि एक युवकले छुरा प्रहार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।   छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषाको […]

बाँके । गएको भदौ २४ उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरी गरेको आरोपमा बाँके प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्जका रवि कुमार वैश्य, बल्लु गोडिया,गंगा सागर वर्मा, मोहम्मद ताहिर हलवाई, एशन राज सिद्दिकी र ओमराज सोनी रहेको प्रहरीले जनाएको छ । उनीहरुहरुबिरुद्ध अपराधिक उपद्रवसम्बन्धी कसूरको अभियोग छ । […]

काठमाडौँ — आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने दुर्गा प्रसाईं प्रकाउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ । दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । […]

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित लालकिला नजिकै १० नोभेम्बरमा भएको विस्फोटबारे त्यहाँको प्रहरीले अनुसन्धान जारी राखेको छ । अहिलेसम्मको अनुसन्धानबाट विस्फोटमा संलग्नहरूले नेपालमा किनेको मोबाइल प्रयोग गरेको तथ्य पत्ता लागेको प्रहरीले जनाएको छ । भारतको नेशनल इभेस्टिगेसन एजेन्सी (एनआईए)ले जनाए अनुसार लाल किलामा विस्फोटका लागि आतंकवादीहरूले कुल ७ वटा ‘सेकेन्ड ह्यान्ड’ मोबाइल फोन र […]

काठमाडौँ । वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आरम्भमै उनीहरूले आआफ्नो सक्रिय सहभागितामा दल दर्ता गराएका छन् । केही महिनाकै अन्तरालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि उनीहरू दल दर्ता गरेर चुनावी स्पर्धामा उत्रिने तयारीमा छन् । पूर्वप्रधानमन्त्री डा. […]

  नेपालगन्ज। कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ११४५ नम्बरको यात्रुबाहक बस राप्तीसोनारी गापा २ अगैया बजारमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बर्दिया गुलरिया नगरपालिका ६ बुद्ध टोल बस्ने वर्ष ४४ का कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको छ […]

सङ्खुवासभा । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । खाँदबारी नगरपालिका–१ स्थित बसपार्क क्षेत्रमा आइतबार दिउँसो खाँदबारी–६ निवासी ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले साधा पोसाकमा खटिएका प्रहरीमाथि खुकुरी देखाउँदै आक्रमण गर्न खोजेपछि बाध्य भई तिघ्रामा गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ […]

बर्दिया । जेनजी आन्दोलनपछि घोषणा भएको प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा सुरक्षा अधिकारीहरु जिल्लाका राजनीतिक दलहरुसंग छलफलमा जुटेका छन् । त्यस्तै, जिल्लाका निर्वाचन केन्द्रहरुको अवस्थाबारे जानकारी लिन थालिएको छ । पश्चिम तराईका सुरक्षा अधिकारीहरु अगामि निर्वाचन लक्षित छलफलमा जुटेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मतदानस्थल र मतदान केन्द्रहरुको सुरक्षा दृष्टिकोणलेउसमग्र अवस्था […]

  बाँके । विद्यालय- जहाँ बालबालिकाले अक्षर चिन्नु, भविष्यको सपना बुन्नु र सिकाइको संसार रमाउनु पर्ने हो । तर नरैनापुर–६ को जमुनी माध्यमिक विद्यालयमा विगत केही महिनादेखि कक्षाकोठाभन्दा बढी चर्चा प्रशासनिक कक्षामा चलिरहेको थियो । दफ्तरमा तीन हस्ताक्षर, आदेश तीन दिशाबाट, र बीचमा अलपत्र परेका विद्यार्थी ।विद्यार्थीहरूको गुनासो : “हामी पढ्न चाहन्थ्यौँ, तर विद्यालय विवादले […]