३ असोज, बाँके/रासस । ‘मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ’, बाँके कोहलपुर-१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, ‘मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।’ उनी सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै थिए । दमाहा मर्मतपछि ट्याम्का र मादल पनि […]
बाँके — बाँके प्रहरीले नेपालगन्ज र कोहलपुरबाट २ जनालाई ६५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालय, नेपालगन्जको टोलीले बालेगाउँबाट बाबुगाउँतर्फ आउँदै गरेका डुडुवा गाउँपालिका वडा नं। ६ का २८ वर्षीय उदयराज मौर्यलाई ५० ग्राम ब्राउनसुगरसहित र कोहलपुर नगरपालिका वडा नं। १, कौशिलानगरबाट प्रहरीले प्रकाश विकलाई […]
४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ । यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै […]
काठमाडौँ — आन्दोलनमा उत्रेका शिक्षकहरु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित बिहीबार बिहान वार्तामा बसेका छन् । वार्तामा दुवै पक्षका मागहरुको सन्दर्भमा सकारात्मक छलफल भएको र समस्या समाधान गर्न दुवै पक्ष तयार भएको जनाईएको छ । संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन […]
३ असोज, विराटनगर। मोरङ कानेपोखरी गाउँपालिका उपाध्यक्ष हुँदासम्म कानेपोखरीकी राजमती इङ्नाम सर्वस्वीकार्य नै थिइन् । पालिका अध्यक्षको चुनाव जित्दा भने केही फरक थियो । सामुन्नेमा मुखै खोलेर कसैले चुनौती नदिए पनि कतिपयको व्यवहारमा उनी सहजता पाउन्नथिन् । पछिल्तिर घोचपेच र छेडखानी गरेको भने उनी चाल पाउँथिन् । महिला अध्यक्ष भएर इङ्नामले यत्रो पालिका कसरी […]
कञ्चनपुर/ईकान्तिपुर — कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । मंगलबार राति एक जनाको उपचारका क्रममा स्थानीयले अहेव नरेन्द्र प्रसाद गैरेमाथि हातपात गरेका हुन् । मंगलबार राति साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेर घाइते भई उपचारका लागि स्वास्थ्य केन्द्रमा पुगेका बेलौरीका बाबुराम चौधरीको उपचारको क्रममा गैरेमाथि चौधरीका आफन्तले […]
देउखुरी — लुम्बिनी प्रदेशमा सत्तारुढ दल कांग्रेसको आन्तरिक विवादले ४ महिनासम्म पनि सरकार विस्तार हुननसकेपछि माओबादि असन्तुष्ट बनेको छ । माओवादी केन्द्रले सरकारको विषयमा छलफल गर्न लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठक बोलाएको छ । बैठक बिहीबार दाङको देउखुरीमै बस्ने भएको छ । यसअघि कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले मन्त्रालय थप नगर्न मुख्यमन्त्री डिल्लि चौधरीलाई […]
बिबिसी । आठ वर्षअघि जारी भएको नेपालको नयाँ संविधान निर्माणका लागि विभिन्न क्षेत्रबाट भएको खर्चबारे यकिन विवरणहरू अझैसम्म सार्वजनिक नभए पनि यसलाई निर्माण लागतका हिसाबमा कतिपयले विश्वकै सबैभन्दा महँगोमध्येको संविधान भन्ने गरेका छन्। विश्वकै सबैभन्दा महँगोमध्येको भनिएको नेपालको संविधान निर्माणका लागि लागेको समयावधि पनि अन्य देशहरूको तुलनामा लामो थियो। विसं २०६४ साल चैत्र २८ […]
३ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२३-२४ अन्तर्गत सिजनको पहिलो खेलमा स्पानिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ । अनलाइन खबरका अनुसार अ फेलिक्सले दुई गोल गरेपछि समूह एचको खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोएल एन्तवर्पलाई ५-० ले सहजै हरायो । घरेलु मैदानमा बार्सिलोनाका लागि खेलको ११औं मिनेटमै फेलिक्सले एक्ले गुन्डोगानको पासमा गोल गरी […]
३ असोज, काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकप्रति शिक्षक महांस्ंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड […]











