२७ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । यसअघि सार्वजनिक लेखा समितिले सत्ता पक्षका संसदीय दलका नेताहरुले कानुन विपरीत गाडी लगायतका सेवा सुविधा लिएको ठहर गर्दै तीन दिनभित्र गाडी फिर्ता गर्न निर्देशन दिएपछि सरकारले ऐन नै संशोधन गर्ने गृहकार्य गरेको हो । अनलाईन […]
विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले घरमा तोडफोड गरेको छ । सोमबार बेलुका धरान- १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको छ । उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी नआएको बताए । ‘प्रहरी समयमा आएन’, बेघाले भने, ‘प्रहरी […]
देउखुरी — लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको बताए । उनले मंगलबार राति १२ बजेदेखि अन्य हुने गरी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने […]
काठमाडौं । शरीरमा कोलेस्टेरोल बढ्ने समस्या अहिले धेरैलाई छ । कोलेस्टेरोलको समस्या मुख्यत: दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा । यसबाहेक तनावले पनि कोलेस्टेरोल बढाउन सक्छ । कोलेस्टेरोल बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता हुन्छ । वंशाणुगत कारणले हुने समस्या रोक्न नसकिने भए पनि खानेकुराका कारण हुने कोलेस्टेरोल घटाउन सकिन्छ । तर […]
२६ भदौ, काठमाडौं । यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको जनाएका छन्। नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ । च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ । कुन खेलाडी कुन भुमिकामा ? गोलकिपर : जियारथ शेख, रुबिन बोगटी, […]
भाद्र २६, २०८० भैरहवा — रुपन्देही जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालन गरेको एक सातामा करिब एक हजार ६ सय गाडी र मोटरसाइकलको नम्बर प्लेट सुधार गरिएको कार्यालयले जनाएको छ । अभियानका […]
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क व्यवस्थापनबारे अन्योल कायमै रहेको छ । स्नातक तहको शुल्क वृद्धि गर्ने संस्थानको निर्णयपछि त्रिभुवन विश्वविद्यालय र संस्थानले विद्यार्थीहरूसँग छुट्टा छुट्टै सहमति गरेका थिए । नेविसंघ, अखिल क्रान्तिकारी लगायतका ५ विद्यार्थी सङ्गठनहरूसँग शुल्क व्यवस्थापनबारे अध्ययन गर्न समिति बनाउने सहमति गरेको थियो । यसैगरी अनेरास्ववियु, स्ववियु लगायतसँग गरिएको सहमतिमा शुल्क […]
सुवासजी र मेरो २०३० साल साउनताका पहिलो भेट भएको हुनुपर्छ । उहाँ र मैले आ–आफ्नो ढंगले विभिन्न क्याम्पसबाट स्नातक गरेका थियौं । हामी दुवै जना त्यतिबेला प्रदर्शनीमार्गको नेपाल ल क्याम्पसमा पढ्न आएका थियौं । करिव एक/दुई सातामै हाम्रो घनिष्ठ मित्रता भइसकेको थियो । त्यतिबेला टेकबहादुर चोख्याल (पूर्वमन्त्री), भरतराज उप्रेती(दिवंगत), वेदप्रसाद शिवाकोटी, बिए कुमार शर्मा, […]
भाद्र २६, काठमाडौँ — सन् १९५९ मा आजकै दिन (सेप्टेम्बर १२) मा सोभियत संघले ‘लुना–२’ रकेट चन्द्रमामा प्रक्षेपण गरेको थियो । यो चन्द्रमामा अवतरण गर्ने पहिलो मानव निर्मित वस्तु हो । सोभियत संघले चद्रमाको अध्ययन र अन्वेषण गर्ने उद्देश्यसहित लुना अभियान सुरु गरेको थियो । जसअन्तर्गत १९५९ को जनवरी २ मा ‘लुना–१’ प्रक्षेपण गरिएको थियो । तर चन्द्रमाको […]
बर्दिया । गुलरिया नगरपालिका-७ बसपार्क नजिक भे.१ ह ४६४५ नम्बरको पेट्रोलबाट चल्ने अटो रिक्सामा तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलरे नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।











