भाद्र २३, २०८० नेपालगन्ज —  दाङबाट नेपालगन्जतर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस   बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्ज पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् । राप्तीसोनारी–८ शमशेरगन्जमा शुक्रबार राति सवा ९ बजेतिर दुर्घटना भएको हो । बसमा चालकसहित ४१ जना सवार थिए । दुर्घटनामा बर्दियाको ठाकुरबाबा […]

भाद्र २१, २०८०रासस/काठमाडौँ — आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले […]

२२ भदौ, वालिङ । माछा मार्ने क्रममा आज बिहान करेन्ट लागेर वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको छ । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु […]

  आउँदै गरेको हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर नेपालगन्ज वडा नं १२ कोरियनपुरमा रहेको हरियाली महिला बचत समूहले तीज कार्यक्रम आयोजना गरेको छ । समूहमा आवद्ध दिदिबहिनिहरुले मन मिलाएर बर्षमा एक पटक सामुहिक रुपमा खुसी बाँड्न एकै थलोमा नाचगान सहित तीज मनाउन कार्यक्रम आयोजना गरिएको सहमागी माधवा जीसीले जानकारी दिनुभयो । अरु […]

भाद्र २२, २०८० ईकान्तिपुर/  काठमाडौँ — सरकारले कित्ताकाट खुलाएपछि मालपोत तथा नापी कार्यालयमा चहलपहल बढ्न थालेको छ । पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा गत मंसिरयता कित्ताकाट सुस्ताएको थियो । कित्ताकाट नखुल्दा घरजग्गा कारोबार नभएको सरोकारवालाले बताउँथे । साउन ३० मा मन्त्रिपरिषद् बैठकले सबै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपछि मालपोत कार्यालयमा सेवाग्राही बढ्न थालेका हुन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल, […]

भदौ २१ बीबीसी ।  अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मान्दा प्रत्येक दुईदेखि तीन वर्षको अन्तरालमा लामखुट्टेबाट सर्ने डेङ्गी रोग प्रकोप बनेर फैलिन्छ। गत वर्ष यो रोगले नेपालमा ठूलो क्षति पुर्‍यायो। डेङ्गीले यो वर्ष पनि उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमित बनाइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन् २०२३ को ज्यानुअरीदेखि अहिलेसम्म देशभरि १३,००० जनालाई डेङ्गीको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी […]

भाद्र २१, २०८० देउखुरी — लुम्बिनी प्रदेशसभाको बिहीबार बसेको २४औं बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेस गरेका छन् । ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ को प्रतिवेदन पेस भएको हो। समितिले यसअघि भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको उपसमितिले विज्ञसहित […]

भाद्र २१, २०८० सुनसरी — सुनसरीको धरान उपमहानगर–१५ बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार बिहान घरधनी सीता धितालको घरमा आगलागी भएको छ । आफन्त भेला भएर दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा घरमा आगलागी भएको हो ।   आगलागी भएपछि धरानका तीनवटा दमकल तत्काल आएर आगो निभाएका थिए । तर बाटो सानो भएपछि […]

बीबीसी । युक्रेनमा ‘शान्त सहर’ भनिने गरिएको कोस्ट्यान्टिनीभ्कामा बुधवार दिउँसो भएको क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित १७ जनाको मृत्यु भएको छ। उक्त सहरस्थित एउटा व्यस्त बजारमा भएको उक्त आक्रमणलाई युक्रेनमा असामान्य मानिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनालाई “नियोजित आक्रमण” भन्दै त्यसको निन्दा गरेका छन्। उनले उक्त आक्रमण रुसले गराएको आरोप लगाएका छन्। तर रुसले […]