धनगढी । अविरल वर्षापलपछि सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको वार्ड जलमग्न भएको छ । प्रहरीका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र […]
सल्यान — सल्यानमा तरकारी बोकेको रा १ च १०२५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा एक जना सख्त घाइते भएका छन् […]
बर्दिया / लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार मन्त्री धर्म बहादुर चौधरि यति बेला अंग्रेजी विषय पढाउन ब्यस्त छ्न । उनले लिने क्लासमा कैलालिका बिद्यार्थी पनि राजापुर आई पुगेक छ्न । एकै दिन एउटा क्लसमा सय बढि बिद्यार्थी सहभागी हुने गरेका छ्न । एक हप्ते कक्षामा अंग्रेजी पढाईरहेका मन्त्री चौधरीले पछिल्लो समय अंग्रेजीमा कमजोर भएका बिद्यार्थी […]
रासस/ उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ। वरपर पाखापखेराको हरियाली हेर्न लायक छ। प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक (सहश्राव्दी पदमार्ग) क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन्। कोरोनालगायत विविध कारण विगतका केही वर्ष यस क्षेत्रको पदयात्रामा पर्यटक आउने क्रम घटे पनि आगामी दिनमा […]
काठमाडौं/ काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित आस्विन राईको परेली होटलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रेपलाञ्चोक नमोबुद्द नगरपलिका-७ बस्ने ३८ वर्षीय नारायण खनाल समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा […]
भोजपुर। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका(३ दावारबे टोल बस्ने ७२ वर्षीय मान वहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती करणी गर्दा गर्भ रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । […]
काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनको सेनाले गरेको छ । तर रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ । रुसको ब्ल्याक सी क्षेत्रका कमाण्डरहरु सेवास्तोपोल भन्ने स्थानमा बैठक बसिरहेको बेला सोही बैठकलाई […]
तस्बिर साभार: इसरो।तस्बिर साभार: इसरो। नेपालगन्ज । भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान ३ मा राखेर पठाएका विक्रम ल्यान्डर प्रज्ञान रोभर सम्पर्कविहीन भएका छन्। इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का अनुसार सेप्टेम्बर २ देखि विक्रम र प्रज्ञानलाई ‘स्लिप मोड’ मा राखिएको थियो। चन्द्रमामा रात परेपछि इसरोले विक्रम र प्रज्ञानको ऊर्जा बचत गर्न स्लिप मोडमा पठाएको थियो। […]
काठमाडौँ — सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिमा असन्तुष्ट राहत शिक्षकले आइतबार माइतीघरमा भेला भएर बानेश्वरतर्फ अगाडि बढ्दै जुलुस प्रदर्शन गरेका छन् । सरकारसँग ६ बुँदे सहमतिपछि महासंघले शुक्रबार राति नै आन्दोलनको कार्यक्रम अन्त्य गर्दै पठनपाठनका लागि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर राहत शिक्षकहरुले आफ्ना मागमा वास्ता नगरिएको भन्दै […]
काठमाडौँ/ईकान्तिपुर — माओवादी नामबाट राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रको आफ्नो नामप्रति मोह कम हुँदै गएको छ । माओवादी नामले दस वर्ष सशस्त्र युद्धबाट हलचल र १८ वर्ष शान्तिपूर्ण बाटो लिएपछि नाम फेर्ने तयारी गरेको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि पाँच आवधिक निर्वाचनमा सहभागी भइसकेकाले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा माओवादी नाम उपयुक्त नभएको भन्दै परिवर्तन गर्न सकिने निर्णय […]











