काठमाडौँ —मन्त्रिपरिषद्ले २३ असोजमा खारेज गर्ने निर्णय गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति ब्युँताएको छ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्ने फैसला सुनाएको हो ।   न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी हुने फैसला […]

बाँके/रासस । खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालिसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको […]

नेपालगन्ज । भारतसंग जोडिएको नेपालगन्जमा लागुऔषध दुब्र्यसनीको अवस्था भयाभव छ । हाल आएर पहाडि जिल्लामा तस्करी हुन थालेको छ,’ प्रहरी भन्छ,‘भारतमा सस्तोमा किनेर महङोमा बिक्री हुने भएकाले कारोबारी बढेको हो ।’ प्रहरीले लागुऔषध सेवन र कारोबारीको आरोपमा दैनिक १० जनासम्म बढीलाई पक्राउ गर्दै आएको छ । बाँके प्रहरीको हिरासत दैनिक दुब्यर्सनीले भरिने गरेको छ । […]

काठमाडौँ —९८ करोड रुपैयाँ ठगीबारे अनुसन्धान गर्न सीआईबी टोलीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् […]

  लुम्बिनी/रासस। लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेस्ट इङ्गलिस बोर्डिङ स्कुल बुटवल प्रथम भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार लुम्बिनीमा भएको विद्यालय तथा कलेजस्तरीय प्रतियोगितामा एभरेस्ट स्कुलका विद्यार्थी साइरस बज्राचार्य प्रथम भएका हुन् । प्रतियोगितामा काशी नोबेल एकेडेमी भैरहवाका रिशान थापामगर द्वितीय र […]

  गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकाले बर्दिया जिल्लाभरिको पानी परीक्षणको सुरुवात गरेको छ । परीक्षण गरिएका पानीका स्रोतमध्ये करिब ७० प्रतिशत पानी मापदण्ड अनुसार पिउन अयोग्य देखिएको छ । विगत एक महिनादेखि बाँसगढी नगरपालिकाभित्र १२३ र जिल्लाका अरू पालिकाभित्रका ३८ गरी १६१ वटा ट्युबेललगायतका पानीका स्रोतको परीक्षण गरिएको छ । बाँसगढी नगरपालिकाका स्वास्थ्य अधिकृत घनश्याम केसीले इकोली, पिएचलगायतका […]

नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा आज दिउँसो राष्ट्रिय सभागृहमा हुँदै छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको हो । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो […]

  सिरहा —सिरहामा गैरदलित युवतीसँग प्रेम विवाह गरेका युवकलाई प्रहरीले थुनामा राखेको पाइएको छ । सुखीपुर नगरपालिका-५ का २१ वर्षीय अमृतकुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले शुक्रबार रातिदेखि थुनामा राखेको हो ।   अमृतलाई हिजो राति ११ बजे नै सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल छेउबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विवाह मण्डपबाटै […]

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो एघारौं महाधिवेशनका लागि आज देशैभरी प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा सहमती जुटिसकेको एमाले पदाधिकारीहरुको भनाइ छ । सहमती नजुटेका क्षेत्रहरुमा आज विहान ८ बजेदेखि निर्वाचन हुँदैछ । निर्वाचनको समय अधिकांश […]

गुलरिया । बाँके बैजनाथ गाउँपालिका वडा ३ बस्ने २० वर्षीय रबिन्द्रकुमार थारू बर्दियाबाट लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छ्न । भारतको सिमा नाकाबाट नेपालतर्फ साइकलमा आउँदैगर्दा बढैयाताल गाउँपालिका –२ फुटाह चेकपोष्टमा उनलाई प्रहरीले पक्रउ गरेको हो । शंकास्पद तरिकाले साइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा प्लाष्टिकमा पुडिया बनाएर राखेको एक ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको […]