काठमाडौँ रासस— सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समिति बैठकले त्यसका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । […]

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुई जनाले उनीहरुलाई घरभित्रै […]

कोहलपुर । जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबारेमा गोली लागेर घाइते भएका ३४ वर्षीय यमबहादुर सिंहलाई उपचारका लागि कोहलपुर ल्याईएको छ । प्रहरीका अनुसार स्थानीयले तत्काल उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि पठाएका थिए। हाल घाइतेको नेपालगंजस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। मेलामा स्थानीय टेकेन्द्र नेपालीले गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको […]

२०८२ मङ्सिर ०४ गते (बिहीबार) दिउँसोः देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।   रातीः कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]

    काठमाडौँ — सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन-जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् । गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म […]

काठमाडौँ । विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । ललितपुर,मोरङ,सर्लाही लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीस्थित सडकमा बाग्मती प्रदेश–०१–००४ क १७१४ नम्बरको टिपरको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ३१ वर्षीय सञ्जीव रानाको मृत्यु भएको हो । मगरको मंगलबार दिउँसो मृत्यु भएको […]

बीबीसी – आमाबुवाले राखिदिएको एकजना स्कुले छात्रको अङ्ग्रेजी नामलाई लिएर साथीहरूले जिस्काउन थाले किनकि त्यसले निराशाजनक अर्थ दिन्थ्यो। त्यसैले ती छात्रले एसईईको फर्म भर्ने बेला अर्कै नाम लेखिदिए। “तर जन्मदर्तामा पुरानै नाम थियो,” राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक तथा सूचना अधिकारी मुकेशकुमार केशरी उक्त घटना सम्झिन्छन्, “त्यस्ता घटना दर्तामा रहेका फरक विवरण अब सच्याउने […]

  काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ । […]

  काठमाडौँ। आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन पितृउद्धारको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर बुधबार बिहान उनीहरूले छतबीज छरेका हुन् ।   आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ । शिवालयमा शतबीज छर्नाले […]

  ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बेवा बजारमा आगलागी हुँदा चार घर पूर्ण रूपमा जलेका छन् भने पाँच परिवार विस्थापित भएका छन् । आगलागीबाट राजकुमार साँवा, इन्द्रकुमार साँवा, विष्णु साँवा र अनिल साँवाको घर जलेको प्रहरीले जनाएको छ । यहाँ ५० देखि ६० मनको हाराहारीमा अलैँचीका बोरा भएकाले करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको […]