बर्दिया । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको छ। तर हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली […]

    गुलरिया (बर्दिया)। बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) द्वारा उत्पादित करिब २५ हजार क्विन्टल चामल अहिले पनि गोदाममै थन्किएको छ । चामल थन्किएपछि नयाँ धान खरिदको सिजन चलिरहेका बेला धान भण्डारण गर्न भने ठाउँ अभाव भएको छ । खाद्य कम्पनी राजापुर शाखाले गत वर्षदेखि स्थानीय किसानबाट धान खरिद […]

नेपालगन्ज । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।   कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा जितका लागि एक सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।   […]

बारा /ईकान्तिपुर— कर्फ्यु अवज्ञा गर्दै बाराको सिमरामा प्रदर्शन चर्किएपछि प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको छ । सिमरामा सशस्त्र र नेपाल प्रहरी व्यापक रूपमा परिचालन गरिएकाे छ । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी वेदप्रकाश जाेशीले आफूसहित आधा दर्जन प्रहरी घाइते भएको बताए । प्रदर्शनकारीतर्फ भने प्रहरीकाे लाठी चार्जबाट २ जना […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो । अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न अनुरोध गर्दै प्रहरीले आफ्नो ‘ओटिपी […]

    काठमाडौँ रासस— सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समिति बैठकले त्यसका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । […]

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुई जनाले उनीहरुलाई घरभित्रै […]

कोहलपुर । जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबारेमा गोली लागेर घाइते भएका ३४ वर्षीय यमबहादुर सिंहलाई उपचारका लागि कोहलपुर ल्याईएको छ । प्रहरीका अनुसार स्थानीयले तत्काल उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि पठाएका थिए। हाल घाइतेको नेपालगंजस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। मेलामा स्थानीय टेकेन्द्र नेपालीले गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको […]

२०८२ मङ्सिर ०४ गते (बिहीबार) दिउँसोः देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।   रातीः कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]

    काठमाडौँ — सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन-जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् । गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म […]