२३ भदौ, नेपालगन्ज । बाँकेमा बस दुर्घटना हुँदा  बर्दिया ठाकुरबाबाका मृत्यु भएका ६ जनाको सनाखत भएको छ । कोहलपुरको शम्शेरगञ्जमा शुक्रबार राति बस दुर्घटना हुँदा मृत्यु हुनेहरूमा बर्दियाको ठाकुरबाबा-९ का ५० वर्षीय काँशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय रुपा परियार, जयन्ति थारु, ६५ वर्षीय साँधुराम थारु र वडानम्बर ८ का ४५ वर्षीय जुगबहादुर […]

बिबिसी भदौ २३ । मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ। स्थानीय समय अनुसार राति ११ बजेर ११ […]

टिकाराम भट्टराई भाद्र २३, /पपुलिजमको हाउगुजी देखाई विकृत राजनीतिक र संवैधानिक अभ्यास कायमै राखेर युगौंयुगसम्म आफ्नो नियन्त्रणलाई निरन्तरता दिने र लोकतन्त्रका नाममा वंशवाद वा गुटतन्त्र वा जीवनकालसम्म राज्यसत्ता र पार्टीसत्तामा रहिरहने प्रवृत्ति कुनै हालतमा क्षम्य हुन सक्दैन । राजनीतिमा ‘पपुलिजम’ क्षणिक आनन्द हो । अन्ततः यसले लोकतन्त्रलाई धराशायी बनाउँछ भन्ने दृष्टिकोण मैले निरन्तर सार्वजनिक गरिरहेको छु ।   […]

बर्दिया — बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा काली वंशीको मृत्यु भएको छ ।   शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो । प्रहरीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको थियो […]

भाद्र २३, २०८० नेपालगन्ज —  दाङबाट नेपालगन्जतर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस   बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्ज पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् । राप्तीसोनारी–८ शमशेरगन्जमा शुक्रबार राति सवा ९ बजेतिर दुर्घटना भएको हो । बसमा चालकसहित ४१ जना सवार थिए । दुर्घटनामा बर्दियाको ठाकुरबाबा […]

भाद्र २१, २०८०रासस/काठमाडौँ — आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले […]

२२ भदौ, वालिङ । माछा मार्ने क्रममा आज बिहान करेन्ट लागेर वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको छ । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु […]

  आउँदै गरेको हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अवसर पारेर नेपालगन्ज वडा नं १२ कोरियनपुरमा रहेको हरियाली महिला बचत समूहले तीज कार्यक्रम आयोजना गरेको छ । समूहमा आवद्ध दिदिबहिनिहरुले मन मिलाएर बर्षमा एक पटक सामुहिक रुपमा खुसी बाँड्न एकै थलोमा नाचगान सहित तीज मनाउन कार्यक्रम आयोजना गरिएको सहमागी माधवा जीसीले जानकारी दिनुभयो । अरु […]

भाद्र २२, २०८० ईकान्तिपुर/  काठमाडौँ — सरकारले कित्ताकाट खुलाएपछि मालपोत तथा नापी कार्यालयमा चहलपहल बढ्न थालेको छ । पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा गत मंसिरयता कित्ताकाट सुस्ताएको थियो । कित्ताकाट नखुल्दा घरजग्गा कारोबार नभएको सरोकारवालाले बताउँथे । साउन ३० मा मन्त्रिपरिषद् बैठकले सबै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपछि मालपोत कार्यालयमा सेवाग्राही बढ्न थालेका हुन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल, […]