लुइस रिजाल। फाइल तस्बिर। शनिबार बिहान। त्यस्तै साँढे पाँच बजेको हुनुपर्छ। पूरा उज्यालो भइसकेको थिएन। हामी बसेको ठाउँ (सेदोत नेगेभ) को आकाशमा रकेटको आवाज सुनियो। हुन त इजरायली नागरिकका लागि रकेटको आवाज नौलो होइन। उनीहरूको हुर्काइ नै रकेटसँग भएको हुन्छ। रकेटको आवाज उनीहरूलाई खासै नौलो लाग्दैन पनि। आकाशमा रकेटका आवाज सुनेपछि म उठेर बाहिर आएँ। […]
ईकान्तिपुर / काठमाडौँ — दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको छ भने २ जना बंकरमै रहेका छन् । १२ जनासँग भने सर्म्पक टुटेको छ । तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुईजनासँग मात्रै […]
प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन्। आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्युत व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताए। उनले […]
कान्तिपुरसँग/काठमाडौँ — इजरायलको भीमतहिममा रहेका बर्दियाका लुइस रिजाल शनिबार बिहान ५ः३० बजेको विस्फोटले एक्कासि ब्युँझिए । प्यालेस्टिनी विद्रोही समूह हमासले प्रहार गरेको रकेटलाई इजरायली सेनाले निस्तेज पारेको ठानेर उनी भिडियो खिच्न कोठाबाट निस्किए, जतिबेला आकाशमा धेरै रकेट आइरहेका थिए । भिडियो खिचेर भित्र मात्रै छिरेका थिए, करिब २० किलोमिटर टाढा रहेको सेदोत नेगेभको किवुज अलुमिन (आवास […]
२१ असोज, काठमाडौं । अफगानिस्तानमा शनिबार मध्याह्न गएको ६.१ भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर(पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित […]
काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । ईकान्तिपुरका अनुसार हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता […]
असोज, काठमाडौं । बझाङमा आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका […]
नेपालगन्ज — नेपालगन्जमा शनिबार बिहान ६ देखि ९ बजेसम्म निषेधाज्ञासमेत हटाइएको छ । तर, शनिबारदेखि बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु रहने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सूचनामा शनिबार बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा भने कायम नै राखिएको छ । यसअघि बिहान ६ बजेदेखि राति ८ […]
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा न ३ खुरखुरे फाँटा बनदेबि नजिक बाघले ४ बर्सिया साहिल सुनारलाई आक्रमण गरि घाईते बनाएको छ । घाइते बालकको उपचार मेडिकल कलेज नेपालगन्जमा भैरहेको छ । शुक्रबार साँझ ६.३० बजे घर नजिकै रहेको मामाको घरबाट तरकारी लिएर घर फर्किने क्रममा बाघले झम्टेर १०/१५ मिटर परा लगेको थियो । घर […]
असोज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलका गीता वारी र फरिन सल्मानी एउटै टोलमा हुर्किए । चुंगी, रबर ब्यान र खोपी खेल्दै सँगै बालापन बिताए । उनीहरूको प्रार्थनास्थल फरक–फरक छ । गीता मन्दिर पुगेर प्रार्थना गर्छिन् भने फरिन मस्जिद जान्छिन् । धर्म र रीति फरक भए पनि वर्षौंदेखि उनीहरूको मित्रताको डोरी उस्तै कसिलो छ । त्यो मित्रता परिवारसम्म कसिएको […]












