काठमाडौँ —पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा रहेकामा शनिबार थप घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ । आज देशका विभिन्न क्षेत्रमा न्यूनतम तापक्रम घटेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा आज […]

नेपालगन्ज : बाँकेकाे भेरी अस्पतालमा यतिवेला विरामीकाे चाप बढेकाे  छ । पश्चिम नेपालकै एक मात्रै उत्कृष्ट अस्पतालका रूपमा रहेकाे भेरीमा विरामीकाे चाप बढेपछि आबश्यक जनशक्ति परिचालन गरेर सेवाग्रााहीमैत्री व्यवहार र सहज उपचार अस्पतालले प्रवाह गर्दै आएकाे छ । विरामीले डायलासिस, इमर्जेन्सी, प्रसुती, अर्थाे लगायतका वाडहरु भरिभराउ हुने गरेेेका छन ।  यसरी बिरामीकाे चाप बढेपनि  अस्पतालले  […]

  ताप्लेजु । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर शनिबार बिहान ६ः१३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) तथा खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्रमा महसुस गरिएको छ । हालसम्म भूकम्पबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन […]

  झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना […]

२०८२ पुष १९ गते (शनिबार) दिउँसोः देशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। रातीः कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली […]

  नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँले जानकारी दिए । उनले सो रोग लागेकै […]

देउखुर, दाङ — माघी पर्व नजिकिँदै जाँदा दाङको देउखुरी क्षेत्रका थारु बस्तीमा यसको तयारी सुरु भएको छ। थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा अनुसार पर्व आउनु एक महिना अघिदेखि नै तयारी थाल्ने चलन छ। यसका कारण अहिले थारु बस्तीमा स्थानीयको चहलपहल र व्यस्तता बढेको छ। माघ नजिकिँदै जाँदा थारु समुदायसँग सम्बन्धित सङ्घसंस्थाले सांस्कृतिक […]

बर्दिया — पुस १५ गते मधुवन नगरपालिका–२ कोठिया गाउँकी १७ वर्षीया विनिता परियारको ज्यान लिने बाघ नियन्यत्रण गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती र प्राविधिक टोलीसहित नेपाली सेना परिचालन गरेको छ । खाता जैविक मार्गको पत्थरबोझी क्षेत्रमा बाघको खोजी गरी नियन्त्रणमा लिन संयुक्त टोली खटिएको हो । केही महिनायता हात्ती, बाघ, चितुवाले मानिसको […]

खजुरा। बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् […]

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा शुक्रबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही […]