बर्दिया — घाँस दाउरा लिन बर्दियाको मधुवन नगरपालिका–१ दुर्गानगर स्थित दुर्गा सामूदायिक वन गएका सोही ठाउँकी ५२ वर्षिया सीता थारु र ३१ वर्षिया शुशिला चौधरी घाइते भएका छ्न ।   शुक्रबार दिउँसो करिब ३ बजे हात्तीको आक्रमणमा घाइते भएकी थारु र चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुसँग दिउँसो […]

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको हिउँदे गाउँसभाका लागि अध्यक्ष नरेन्द्रकुमार चौधरीले मनोमानी गरेको भन्दै नेकपा (एमाले) लगायतका पार्टीबाट निर्वाचित पदाधिकारीहरुले बहिस्कार गरेका छन् । यसअघिको अधिबेशन पनि बहिष्कार हुँदा बजेट निमार्णमा ढिलााई भएको थियो । बाँकेको डुडुवा गाउँपालिकाका बहुमत सदस्यले हिउँदे गाउँसभा बहिस्कार गरेपछि रोकिएको छ । जसपा र नेपाली काँगे्रसबाट निर्वाचित १८ जना जनप्रतिनिधि […]

  बाँके । जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवम विपद ब्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार पोखरेलले सुरक्षा निकायलगायत विभिन्न स्रोतहरुबाट विपन्न वस्ती र समुदायको पहिचान गरी उनीहरुलाई सहयोग दिन थालिएको बताउनुभयो । नेपालगञ्ज केन्द्रित गरेर […]

  बर्दिया — विहीबार बेलुकी चितुवाले आक्रमण गर्दा बारबर्दिया–९ कि २८ वर्षीया शर्मिला चौधरी घाईते भएकि छ्न । कुलनाथ सामुदायिक वननजिकै रहेको बैदी गाउँतर्फ आउँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।   उनको स्थानीय मेडिकल हलमा घाइते चौधरीको उपचार भइरहेको छ ।          

दाङ / ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् । सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका […]

  रासस /बाँके । अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । “मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने […]

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   हाल मौसमको अवस्था (Present Weather Status): हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ।   २०८० माघ ४ गते (बिहीबार) दिउँसो: कोशी, गण्डकी र […]

बीबीसी । भारतको अयोध्यामा आउँदो सोमवार ८ गते राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा तालिका हेरफेर नभएमा पूर्वराजा ज्ञानेन्द्र शाह मधेश प्रदेशमा रहने छन्। वीरगन्जमा माघ १३ गते हुने गरिने आफ्नो अभिनन्दनको निम्ति उनी मधेश प्रदेश पुगेर विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन्। कतिपय भारतीय महन्तले ‘हिन्दू-सम्राट’को उपाधि दिने गरेकाले पनि भारतमा निकै महत्त्व साथ हेरिएको राम मन्दिरको […]

बर्दिया । माघी मनाएसंगै पश्चिम तराईका थारु गाउँहरुमा अगुवा बडघर छनौटका लागि भेला र छलफल हुन थालेको छ । माघीको दोस्रो सातासम्म बडघर छनौट भइसक्ने छन् । समुदायका लागि रातदिन समय दिनसक्ने व्यक्तिहरुलाई बडघर बनाउनका लागि भेला र छलफल हुन थालेको हो । त्यस्तै बडघरले वर्षभरीमा गरेका काम कारवाही बारे सुनवाईको तयारी भइरहेको छ । […]

  गजेन्द्र गुरुङ/ गोरखापत्र – खजुरा, माघ २ गते । बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा होमस्टे (घरबास) सहित पर्यटकीयस्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा ८ स्थित घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो । किसान आन्दोलन, जनयुद्ध र २०६२–६३ को जनआन्दोलनमा अग्रणी भूमिका खेलेको घिया गाउँलाई पर्यटकीयस्थल बनाउन भन्दै […]