जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत […]

  काठमाडौँ, असार २० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि […]

  धनगढी/ईकान्तिपुर —सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्देशन अवज्ञा गरेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदमुक्त गरेका छन् । मुख्यमन्त्री शाहले चौधरीलाई १६ दिनअघि असार ३ गते राजीनामा दिन निर्देशन दिएका थिए ।   तर मन्त्री चौधरीले सार्वजनिक रूपमा ‘सक्ने भए बर्खास्त गर्न’ भन्दै मुख्यमन्त्रीलाई चुनौती दिएका थिए । नागरिक उन्मुक्ति पार्टीका […]

नेपालगन्ज —बाँकेमा नेपाली सेनाको परिचयपत्र बोकेका  सन्जु आलेलाई १० ग्राम ६२० मिलिग्राम ब्राउनसुगरसहित  प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  बैजनाथ गाउँपालिका-२ घर भएका उनि पक्राउ परेका हुन । सेनाको परिचयपत्र बोकेका आलेलाई बैजनाथ गाउँपालिकास्थित घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय वनकटुवाबाट […]

बर्दिया । मलको चरम अभाव भएका बेला किसानहरुलाई रोपाईको चाटारो छ । किसानले मल किन्न नपाएपछि त्यसै रोपाई गर्न बाध्य छन् । कृषि ज्ञान केन्द्रका अनुसार बर्दियामा करिव ३० प्रतिशत रोपाई भइसकेको छ । बर्दियाको पश्चिम क्षेत्रमा सिंचाईको सुविधा भएका कारण रोपाई बढी भएको हो । ठाकुरबाबा नगरपालिका ३ का रामप्रसाद चौधरले स्थानीय कृषि सहकारीमा […]

  काठमाडौं । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर गरिएका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । उनी बिहान ९ बजे अदालत पुगेका हुन । केहीबेरमा उनीविरुद्ध थुनछेक बहस हुनेछ ।   युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो । उनीबिरुद्ध विद्युतीय […]

बिबिसी ।सर्वोच्च अदालतले साढे चार वर्षअघि नियुक्त भएका ५२ जना संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर गर्न अस्वीकार गरेको छ। फैसलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, मुस्लिम आयोग र मधेशी आयोगलगायतका संवैधानिक निकायका पदाधिकारीहरूले छ वर्षको पूरा अवधि काम गर्न पाउने भएका छन्। लामो समयदेखि विचाराधीन विषयमा प्रधानन्यायाधीश प्रकाशमान […]

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेपालगन्जका पशुपति दयाल मिश्र पक्राउ परेका छन् । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म ब‌ैकको अध्यक्ष थिए । पक्राउ परेका मिश्र हाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन । उनलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश […]

बाँके/रासस-  बाँके  जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१/८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् । दर्ता भएका उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन् । दुवै घटना विद्युतीय […]

  नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका–६ र राप्तीसोनारी गाउँपालिका–७ को बिचमा पर्ने खल्लाझगडियामा राप्ती नदीले कटान तीव्र पारेको छ । पहाडी जिल्लाहरूमा वर्षा निरन्तर भइरहेकाले राप्ती नदीमा पानीको बहाब बढ्दै जाँदा खल्लाझगडियामा कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्धसमेत बगाउने अवस्था भएपछि डुबानको त्रास बढेको हो । कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्ध बगाउँदै नदी गाउँतिर […]