बबई (बर्दिया)। बर्दियाको सदरमुकाम गुलरियालाई बाढीको जोखिमबाट जोगाउन स्थापना गरिएको बबई–भादा–औरही नदी व्यवस्थापन कार्यालय बर्दियाबाट हटाइएपछि बबई नदी व्यवस्थापन कार्य अधुरै अवस्थामा रोकिएका छन् । सो कार्यालय बर्दियाबाट डडेलधुरा सारिएसँगै नदी कटान रोकथाम र तटबन्ध निर्माण जस्ता महत्वपूर्ण काम ठप्प हुँदा स्थानीयवासी फेरि उही पुरानै जोखिममा परेको गुनासो गर्न थालेका छन् । गुलरिया हुँदै बग्ने बबई […]
बिबिसी । नेपाल र भारतका सीमा सुरक्षा निकायहरूबीचको वार्षिक बैठक नोभेम्बर १४ मा दिल्लीमा सम्पन्न भएको थियो। नेपाल र भारतबीचको खुला सीमानामार्फत् हुन सक्ने तेस्रो देशका नागरिकहरूको घुसपैठ रोक्न गुप्तचर सूचना आदानप्रदान अभिवृद्धि गर्ने र सीमा नाकामार्फत् आवतजावत गर्ने विदेशीहरूको अभिलेख राख्न निर्देशन दिइएको अधिकारीहरूले बताएका छन्। नोभेम्बर १५मा नेपालको मार्गहुँदै भारत प्रवेश गर्न […]
काठमाडौँ —मन्त्रिपरिषद्ले २३ असोजमा खारेज गर्ने निर्णय गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति ब्युँताएको छ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्ने फैसला सुनाएको हो । न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी हुने फैसला […]
बाँके/रासस । खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालिसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको […]
नेपालगन्ज । भारतसंग जोडिएको नेपालगन्जमा लागुऔषध दुब्र्यसनीको अवस्था भयाभव छ । हाल आएर पहाडि जिल्लामा तस्करी हुन थालेको छ,’ प्रहरी भन्छ,‘भारतमा सस्तोमा किनेर महङोमा बिक्री हुने भएकाले कारोबारी बढेको हो ।’ प्रहरीले लागुऔषध सेवन र कारोबारीको आरोपमा दैनिक १० जनासम्म बढीलाई पक्राउ गर्दै आएको छ । बाँके प्रहरीको हिरासत दैनिक दुब्यर्सनीले भरिने गरेको छ । […]
जमुनाह (बाँके) । अब स्तन जोगाएर पनि क्यान्सरको उपचार गर्न सकिने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा यस्तो प्रविधि सुरु गरिएको हो । पहिले स्तन क्यान्सर भएपछि स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो । अहिले भने स्तन जोगाएर उपचार गर्ने आधुनिक प्रविधि विकास भएको छ । यसलाई मेडिकल भाषामा ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ भनिन्छ । अस्पतालका ब्रेस्ट […]
बीबीसी – पछिल्ला एक सातामा राजधानी काठमाण्डूस्थिति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका निम्ति भर्ना गरिएकामा दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै रहेको त्यहाँका चिकित्सकहरूले बताएका छन्। “खासगरी मङ्सिर लागेपछि यस्तो अवस्था देखिन्छ,” टिचिङ अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमले भने। “प्रदूषण पनि छ, तुवाँलो लागेको छ र घाम पनि पर्याप्त देख्न सकिएको […]
गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकाले बर्दिया जिल्लाभरिको पानी परीक्षणको सुरुवात गरेको छ । परीक्षण गरिएका पानीका स्रोतमध्ये करिब ७० प्रतिशत पानी मापदण्ड अनुसार पिउन अयोग्य देखिएको छ । विगत एक महिनादेखि बाँसगढी नगरपालिकाभित्र १२३ र जिल्लाका अरू पालिकाभित्रका ३८ गरी १६१ वटा ट्युबेललगायतका पानीका स्रोतको परीक्षण गरिएको छ । बाँसगढी नगरपालिकाका स्वास्थ्य अधिकृत घनश्याम केसीले इकोली, पिएचलगायतका […]
सिरहा —सिरहामा गैरदलित युवतीसँग प्रेम विवाह गरेका युवकलाई प्रहरीले थुनामा राखेको पाइएको छ । सुखीपुर नगरपालिका-५ का २१ वर्षीय अमृतकुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले शुक्रबार रातिदेखि थुनामा राखेको हो । अमृतलाई हिजो राति ११ बजे नै सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल छेउबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विवाह मण्डपबाटै […]
काठमाडौँ । विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको खुसीका बिचमा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमा नै उतै निधन भएर बन्द बाकसमा फर्काइने गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या विश्लेषण गर्दा मासिक औसतमा १२७ युवाको शव बन्द बाकसमा […]












