काठमाडौँ – यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौँको नेतृत्व करण केसीले गर्दै हुनुहुन्छ । उहाँ नेतृत्वको टोलीमा भीम सार्की, […]
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज […]
बर्दिया — हिउँद लागेपछि कर्णाली नदीको भंगालो गेरुवा नदीमा पानी सुक्दै गएको छ । गेरुवा नदीमा तीव्र गतिमा बग्ने गरेको पानी ८ वर्षयता सुक्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका गैंडालगायत वन्यजन्तु पलायन हुन थालेका छन् । करिब २ दशकअघिसम्म बाह्रै महिना बेगले बग्ने गेरुवा नदीमा पानी विस्तारै सुक्दै गएको छ । गैंडाका लागि प्रशस्त आहालसमेत नभएपछि […]
बाँके । गएको भदौ २४ उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा आगजनी, तोडफोड, लुटपाट तथा चोरी गरेको आरोपमा बाँके प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्जका रवि कुमार वैश्य, बल्लु गोडिया,गंगा सागर वर्मा, मोहम्मद ताहिर हलवाई, एशन राज सिद्दिकी र ओमराज सोनी रहेको प्रहरीले जनाएको छ । उनीहरुहरुबिरुद्ध अपराधिक उपद्रवसम्बन्धी कसूरको अभियोग छ । […]
नेपालगञ्ज/ईकान्तिपुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानले उत्पादन गरेको धान खरिदका लागि मूल्य निर्धारणसँगै कोटा लागू गरेपछि किसानहरू मर्कामा परेका छन् । यस वर्ष बाँकेमा अनुमानित १ लाख ५६ हजार २ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्विन्टल मात्र खरिद […]
काठमाडौँ — आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने दुर्गा प्रसाईं प्रकाउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ । दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । […]
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित लालकिला नजिकै १० नोभेम्बरमा भएको विस्फोटबारे त्यहाँको प्रहरीले अनुसन्धान जारी राखेको छ । अहिलेसम्मको अनुसन्धानबाट विस्फोटमा संलग्नहरूले नेपालमा किनेको मोबाइल प्रयोग गरेको तथ्य पत्ता लागेको प्रहरीले जनाएको छ । भारतको नेशनल इभेस्टिगेसन एजेन्सी (एनआईए)ले जनाए अनुसार लाल किलामा विस्फोटका लागि आतंकवादीहरूले कुल ७ वटा ‘सेकेन्ड ह्यान्ड’ मोबाइल फोन र […]
बर्दिया । जेनजी आन्दोलनपछि घोषणा भएको प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा सुरक्षा अधिकारीहरु जिल्लाका राजनीतिक दलहरुसंग छलफलमा जुटेका छन् । त्यस्तै, जिल्लाका निर्वाचन केन्द्रहरुको अवस्थाबारे जानकारी लिन थालिएको छ । पश्चिम तराईका सुरक्षा अधिकारीहरु अगामि निर्वाचन लक्षित छलफलमा जुटेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मतदानस्थल र मतदान केन्द्रहरुको सुरक्षा दृष्टिकोणलेउसमग्र अवस्था […]
बीबीसी न्यूज नेपाली- मङ्सिर महिनाभरि क्रिकेट समर्थकहरूको ध्यान अब कीर्तिपुर क्रिकेट रङ्गशालामा हुने नेपाल प्रिमिअर लीग एनपीएल २ मा केन्द्रित हुने देखिन्छ। चल्तीका विदेशी खेलाडीहरू, भर्खरै टी२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय खेलाडीहरूको जोश, ‘ट्यालेन्ट हन्ट’ बाट छानिएका युवा अनि विदेशी प्रशिक्षकहरूबीच हुने कडा प्रतिस्पर्धाले नेपालको सबैभन्दा ठूलो मानिएको फ्रेञ्चाइज क्रिकेट प्रतिस्पर्धा रोमाञ्चक हुने […]
बर्दिया /ईकान्तिपुर— खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरअन्तर्गत शान्तिबजार डिपोले कुपन वितरणबापत अवैध रकम असुलेको किसानले बताएका छन् । धान बिक्रीका लागि किसानलाई वितरण गरिने एक कुपन बापत डिपोले २५ रुपैयाँ असुलेको उनीहरुको भनाइ छ । ‘धान बिक्रीका लागि डिपोमा ल्याउँदा २५ रुपैयाँ दिएबापत मात्र कुपन मिल्ने गरेको छ,’ गेरुवा गाउँपालिका–६ मनाउका किसान दीपनारायण श्रेष्ठले […]












