नेपालगन्ज- पश्चिम नेपालको केन्द्रविन्दु बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेको योयो प्लाइउड इण्डष्ट्रिज प्रालिलाई बन्द गरिँदा त्यहाँ कार्यरत छ सय कामदार बेरोजगार भएका छन् । उद्योगभन्दा बाहिरका व्यक्तिहरुलाई राखेर दर्ता गरिएको ट्रेड युनियनका नाममा भएको आन्दोलनले गर्दा गत तीन महिनादेखि योयो प्लाइउड उद्योग बन्द रहेको छ । सोही कारणले त्यहाँ कार्यरत छ सयभन्दा बढी कामदारको रोजगारी […]
बर्दिया । नगदे बालीको रूपमा रहेको तोरी किसानको बारीभरि फुलेको छ । तोरी छरेका किसानको बारी यतिबेला पहेँलै बनेका छन् ।किसानले सिँचाइ नहुने बारीमा मकै र तोरीको खेती गर्ने गरेका छन् । किसानले तोरीबाट तेल पेलेर घरमै प्रयोग गर्ने गरेका छन् । तोरीले तेलमा आत्मनिर्भर बनाएको किसानको भनाइ छ । तोरीले यहाँको सौन्दर्यसमेत बढाएको […]
रुकुमपश्चिम । १० बर्से सशस्त्र द्वन्द्वका बेला सामूहिक बलात्कारको सिकार भएकी रुकुमपश्चिमकी ४२ वर्षीय सम्झना (नाम परिवर्तित) लाई आफ्नो शारीरिक र मानसिक अवस्थाले जिउँदो बनेको जस्तो लाग्छ । सामूहिक बलात्कार अनि यौनाङ्गमा बन्दुकको नाल घुसारेर दिइएको यातनाले सम्झनालाई अहिले पनि बेहोसी अवस्थामा पुर्याउँछ । नाम परिवर्तित ४० वर्षीय शर्मिलालाई पनि बाँच्न निकै सकस भइरहेको छ । तत्कालीन माओवादी […]
काठमाडौं । शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमतिपछि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्ताका […]
गुलरिया (बर्दिया) । बेपत्ता नागरिकका परिवारलाई न्याय दिलाउन २०६० सालदेखि सङ्घर्ष गर्दै आएका द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरी आफ्नै दाजुको कुशको शव लिएर अन्त्येष्टि स्थलमा उभिनु प-यो । शान्ति प्रक्रियामा बेपत्ताको अवस्था सार्वजनिक गराउन लगातार आवाज उठाएका उहाँ अन्तिम क्षणमा आफ्नै परिवारका लागि न्यायको प्रतीक बनेको कुशको शरीर बोकेर नदी किनार पुग्नुभयो । भागिरामका दाजुभाउजू, चैतेलाल […]
एजेन्सी/रातोपाटी। नयाँ अनुसन्धानले चुम्बनको विकासको इतिहासबारे अध्ययन गरेको छ, विशेष गरी प्राइमेटहरूमा केन्द्रित। अध्ययनले ठुला ढेडुहरूमा २ करोड १५ लाख वर्षदेखि चुम्बनको गतिविधि रहेको पत्ता लगाएको छ, निएन्डरथलहरूमा पनि चुम्बन हुनसक्ने सम्भावना देखाएको छ। अनुसन्धानले चुम्बनको स्पष्ट परिभाषा दिएको छ र यसको सामाजिक व्यवहार र विकासक्रम बुझ्न नयाँ तरिका प्रदान गरेको छ। धेरै प्रकारका प्राणीहरू […]
बिबिसी । बच्चाहरूले कारणबिनै झगडा गर्न निहुँ खोजिरहेका बेला वा खाना खान नमानेका बेला वा सुत्न नमानिरहेका बेला आमाहरू सहजै भन्दिन्छन् – यी बच्चाहरूले मेरो आयु नै घटाइदिइसके होलान्। त्यो सत्य नै हुन सक्ने नयाँ अनुसन्धानहरूले सङ्केत गरेका छन्। प्रत्येक सन्तान जन्माउँदा केही आमाहरूको आयु ६ महिनासम्म कम भएको हुन सक्ने इतिहासका रेकर्डहरूको विश्लेषणले सुझाएको […]
गुलरिया— गुलरिया नगरपालिका–११ भादापुल नजिक लडिया र मोटरसाइकल ठक्कर खाएर दुर्घटना हुँदा कैलाली भजनी नगरपालिका–१ की ३० वर्षीया सपना सुनारको मृत्यु भएको छ । दुर्घटनामा परी उनका श्रीमान र छोरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । नेपालगन्जबाट कैलाली तर्फ तीनजना सवार भे १२ प ७०५५ नम्बरको मोटरसाइकल बिहीबार राति बयलगाडासँग ठोक्किएको थियो । उनको […]
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नुहुने छ । पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, […]
बर्दिया । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको छ। तर हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली […]












