बर्दिया । बाख्रा चराउन गएकी बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ७ सुन्दरपुरकी ४० वर्षीया पदमकला थापालाई पाटे बाघले आक्रमण गरी ज्यान लिएको छ । घर नजिकैको झाडीमा बाख्रा चराउन गएकी उनलाई आज आईतबार दिउँसो आक्रमण गरेको हो । ठाकुरबाबाको भुरीगाउँस्थित पत्रकार भावुक योगीका अनुसार तीनचार जना महिला बाख्रा लिएर नजिकैको सामुलायिक झुण्डीमा गएका थिए । […]
बीबीसी । हामीलाई लाग्नसक्छ कि एकअर्कालाई उपहार दिने काम मानिसहरूले मात्रै गर्न सक्छन्। तर अरू कैयौँ जनावरहरूले पनि आफ्ना साथी र सङ्गीहरूलाई ‘उपहार’ दिने गरेको पाइन्छ। शङ्खेकिरा, गड्यौला र ‘स्क्वीड’ भनिने समुद्री जलचरहरूमा पनि सहवासअघि वा विपरीत लिङ्गीलाई फकाउन ‘उपहार’ दिने अभ्यास देखिन्छ। चराहरूले पनि एक अर्कालाई उपहार दिन मजा मान्ने गरेको देखिन्छ। ठूलो खैरो […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ सो मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार […]
परासी/ईकान्तिपुर — पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट बालकको आँखामा गम्भीर चोट लागेको छ । प्रतापपुर गाउँपालिका-१ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षका प्रशान्त चौधरीलाई शिक्षिका सन्जु चौधरीले पिट्दा आँखामा चोट लागेको हो । उपचारको क्रममा चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएको बालकका बुवा नरेन्द्र प्रसाद चौधरीले बताए । ‘बालबालिका खेलेको निहुँमा आँखामा […]
काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिक देखि […]
बर्दिया — ईलाका प्रहरी कार्यालय, मैनापोखर र ढोढरी प्रहरीले ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ बर्दिया जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना सजाय सुनाएका फरार रहेका अंश र लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् । अदालतबाट ०७९ साल कार्तिक २० गतेको फैसलाले अंश मुद्दामा दोषी ठहर भएका बढैयाताल गाउँपालिका-४ की सिखनी थरुनी […]
बर्दिया । गुलरिया नगरपालिका ११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका ४ भैरव स्थान बस्ने ५० वर्षीय प्रेम पन्तलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा […]
नेपालगन् — बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– २ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षकै किरण राना मगर रहेका छन् । प्रहरीका अनुसार शुभमले चलाएको भे ११ प ६७६५ नम्बरको स्कुटीको पछाडि बसेका किरणको गोजीबाट १ ग्राम ०४ मिलिग्राम […]
टीकापुर पुस २६ गत। विशेष अदालत काठमाडौँले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैर कानुनी तवरले व्यक्ति विशेषका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको अभियोगमा ८७ जनालाई दोषी ठहर गरेको छ । २०८१ पुस २५ गते विशेष अदालतमा टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले नेपाल सरकार वादी र नेत्रप्रसाद […]
२०८१ पुष २५ गते (बिहीबार) प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा […]












