काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ […]
बीबीसी । चीनसहित नेपाल,भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त भूकम्प नेपाल चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको र त्यसपछि कैयौँ परकम्पहरू मापन गरिएका अधिकारीहरूले बताएका छन्। नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त […]
शिलापत्र- कैलालीको धनगढीमा १८ वर्षीया किशोरीले आफूमाथि पाँच महिनासम्म बलात्कार भएको भन्दै जाहेरी दिएकी छन् । धनगढी उपमहानगरपालिका–१२ की १८ वर्षीया किशोरीले पटकपटक बलात्कारको सिकार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । कार्यालयका प्रहरी नाउब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराले किशोरीको जाहेरीपछि बलात्कार आरोपमा गौरीगंगा नगरपालिका– ६ का २७ वर्षीय युवकलाई पक्राउ गरिएको जानकारी […]
बर्दिया । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ बढैयाताल तालमा यही माघ १ र २ गते दाेस्राे माघ मिलन कार्यक्रम हुने भएको छ । थारु समुदायको महान पर्व माघको अवसरमा बढैयाताल गाँउपालिका ५ मा माघ मिलन कार्यक्रम हुने भएको हो । बढैयाताल गाँउपालिका वडा नं ५ काे […]
वीरगञ्ज (पर्सा)- लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ। चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन्। मौसम फिल्ड कार्यालय सिमराका सहायक […]
खजुरा (बाँके) । खजुरा गाउँपालिकाले नेपाल पत्रकार महासंघमा नवनिर्वाचितहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । खजुरा गाउँपालिकाले गाउँसभाको १६औं अधिवेशनमा पत्रकार महासंघ लुम्बिनीमा बाँकेबाट नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान), उपाध्यक्ष मञ्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले अबिर र […]
काठमाडौं । नेकपा एमालेले सहरमा पार्टीले उल्लेखित लोकप्रियता गुमाएको स्विकार गरेका छन् । संघ, प्रदेश र स्थानिय तहका उपनिर्वाचन परिणाम प्रति सन्तुष्ट देखिएका अध्यक्ष ओलीले सहरिया मत खस्केकोमा भने चिन्ता ब्यक्त गरेका छन् । नेकपा माओवादीले सबैभन्दा बढी मत ल्याएको भन्ने कुनै तर्कसंगत नभएको जनाएका ओलीले किर्तिपुर, काठमाडौं–१६ मा मत गुमेको भने आज पेश […]
– प्रकाश रेग्मी चट्याङ प्रकोप नेपालमा मौसमी प्रकारको प्रकोपमध्ये पहिलो स्थानमा छ र यो सबै प्रकोपहरूमा तेस्रो उच्च श्रेणीमा छ। नेपालमा सन् २०२२ सालमा मात्रै २२५ चट्याङबाट ८७ जनाको मृत्यु भएको छ भने २२१ जना घाइते भएका छन्। यसको घनत्व र यसको क्षेत्रीय वितरणमा भएको असमानताले यसको गम्भीरता प्रदान गर्न सक्छ। हालको अध्ययन नयाँ […]
तुलसीपुर (दाङ), पुस २१ गते । मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाइरहेका थिए । बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए भने बूढापाका परम्परादेखि नाच्दै आएको मघौटा नाच नाचिरहेका थिए । त्यसमा मिसिएका थियो, सिङ्गारु, पैसेरी र मयुर नाच । यो […]
नेपालगन्ज। पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान नेपालगन्जलगायत तराईका जिल्लाका विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । तराईका भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी नभएका कारण हवाई उडान प्रभावित भएको हो । नागरिक उद्यायन कार्यालयका अनुसार तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ । भद्रपुर, भरतपुर, पोखरा […]












