नारायण खड्का सेतोपाटी । बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको घोटाला प्रकरण सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई थुनामै राख्न आदेश सुनाएको छ। राष्ट्र बैंकका एक जना कर्मचारीलाई भने दुई लाख रूपैयाँ धरौटीमा छोड्न आदेश भएको छ। अदालतकी रजिस्ट्रार सपना अधिकारीका अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, […]
बर्दिया । ५० वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका(६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई प्रहरीले मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]
बर्दिया /ईकान्तिपुर — बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक गोहीको आक्रमणमा परी मंगलबारदेखि बेपत्ता भएका युवाको खोजीमा दुई वटा हात्ती बुधबार बिहानदेखि परिचालन भएका छन्। कर्णाली नदीको भंगालो खौराहा खोलामा गोहीले झम्टेका मधुवन नपा–१ कैलाशीका १९ वर्षीय रूप मिलन थारु बेपत्ता भएका छन्। मंगलबार साँझ करिब ५ बजे पौडी खेल्न गएका सोही ठाउँका तीन […]
नेपालगन्ज । पानीको बहाव खतरा पार गर्न थालेको बाँकेको राप्ती र बर्दियाको बबई नदीको बहाव घटेको छ । बाँके जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रमा जलसतहले मङ्गलबार चेतावनी तह पार गरेर चार मिटर ९२ सेन्टिरमिटरसम्म पुगेपनि पछि क्रमशः घट्दै गएर बुधबार बिहानसम्म पानीको सतह ३ मिटर ४३ सेन्टिमिटरमा झरेको छ । बाँकेको […]
सप्तरी, २१ साउन । प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । प्रहरी गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]
काठमाडौं, २१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा […]
नेपालगन्ज, मंगलबार २० साउन, २०८२ एनएक्स एजुकेशन कन्सल्टेन्सी नेपालगन्जले ब्राण्ड एम्बेसडरमा नेपालगन्जकी प्रेरणा गिरीलाई नियुक्त गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर उनलाई कन्सल्टेन्सीका सीईओ नवराज केसीले नियुक्त गरेका छन् । ब्राण्ड एम्बेसडरमा नियुक्त भएका गिरीले संस्थाको हितका लागि आफु प्रतिबद्ध भएर काम गर्ने बताईन् । साथै सबैलाई सहयोग गर्न पनि उनले आग्रह गरिन् । […]
रौतहट, २० साउन । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग छेउको होटल हिमालयन मा खाना खाने क्रममा झोला बिर्सिएर गएको एक व्यक्तिको नगदसहितको झोला होटल सञ्चालकले फिर्ता गरेका छन्। जनकपुर निवासी बलराम साहुजी आइतवार उक्त होटलमा खाना खाएर निस्कँदा आफ्नो हैण्डब्याग त्यहीं छोडेका थिए। ब्यागमा १लाख ६ हजार नगदसहित महत्वपूर्ण कागजातहरू रहेका थिए। होटल सञ्चालक सुरेन्द्र […]
बर्दिया /इकान्तिपुर — लगातारको वर्षाले बबई नदीमा जलस्तरले खतराको चिह्न पार गर्न लागेको छ । चेपाङस्थित जलमापन केन्द्रमा मंगलबार बिहान ७ बजेर १३ मिनेटमा जलस्तर ६ दशमलव ८७ मिटर पुगेको छ । ७ मिटर पुग्नासाथ बाढी आउने भएकाले बर्दियाको बारबर्दिया, ठाकुरद्वारा, मधुवन र गुलरियाको तटीय क्षेत्रमा जोखिम बढेको छ । बबई नदी सल्यान र दाङ […]
काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा एक सय ६७ मिलिमिटर वर्षा भएको […]












