काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न उठाएको छ । आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको छ । गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहितको दलको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगका निवेदन दिएको थियो । यससम्बन्धमा […]

विराटनगर । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी (ट्रक) मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज शुक्रबार बिहान औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक पल्टिँदा बुढीग३ंगा–४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी […]

बर्दिया । प्राकृतिक स्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्य सम्पादन मुल्याकनमा बर्दियाको ८ स्थानीय तह मध्ये बढैयाताल गाउँपालिका सबैभन्दा कम अंक ल्याएर सबैभन्दा कमजोर देखिएको छ । बढैयाताल गाउँपालिकाले १७ सूचकमा १७.०१ अंक ल्याएर सबैभन्दा पछि परेको हो । १७ सूचकमा उक्त पालिकाले ५ सुचकमा न्युन अंक पाएको छ ।   मधुवन […]

नेपालगन्ज। वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्याङ्कनमा १६.९९ अङ्कभार ल्याएर सबैभन्दा कमजोर लुम्बिनी प्रदेश देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १० सूचकलाई आधार मानेर गरेको त्यस्तो कार्यसम्पादनमा लुम्बिनी प्रदेशहरूको कार्यदक्षता कमजोर देखिएको हो । सबैभन्दा अगाडि रहेको कोशी प्रदेशले जम्मा ३०.८९ अङ्क ल्याएको छ । रोचक त के छ […]

नेपालगन्ज । एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान सम्पत्तिलाई सन्तान जन्माउन सहयोग गर्ने आईयुआई सेवा पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा सुरु गरेको जनाएको छ । कृत्रिम गर्भाधारणको पहिलो प्रयासको रूपमा पुरुषबाट निकालिएको वीर्यलाई प्रविधिको माध्यम द्वारा राम्रोसँग ल्याबमा […]

बर्दिया/ मधुवन नगरपालिका-२ खैरेनीस्थित सडकमा साइकलबाट लडेर साइकलयात्री सोही नगरपालिका-३ खाता बस्ने ४५ वर्षीय लोहारी थारूको बुधबार बेलुकी मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    नेपालगन्ज। नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज र सो वरिपरिका किसानले उत्पादन गरेका अर्गानिक तरकारी सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष […]

  रासस/ कपिलवस्तु । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए । पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्च्याउने, […]

काठमाडौं । सिमरा उपमहानगरपालिका १६ भद्रकालीस्थित पूर्वपश्चिम लोकमार्गको जंगलमा पथलैयाबाट रौतहट जाँदै गरेको ना ६५ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गर्न खोज्दा दुई जना घाईते भएका छन् । बाराका प्रहरीका अनुसार बाघको आक्रमणबाट मोटरसाइलकल चालक रौतहट बौधिमाइ नगरपालिका ३ का ३० वर्षीय कृष्ण साह र मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय राजु साह घाइते भएका […]

नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको मानपुरमा भइरहेको निर्माण कार्य । तस्बिर : गोविन्द शर्मा     बाँके, फागुन ९ गते । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडकखण्ड बिस्तारको काम निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । ११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो […]