बीबीसी । भारतको अयोध्यामा आउँदो सोमवार ८ गते राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा तालिका हेरफेर नभएमा पूर्वराजा ज्ञानेन्द्र शाह मधेश प्रदेशमा रहने छन्। वीरगन्जमा माघ १३ गते हुने गरिने आफ्नो अभिनन्दनको निम्ति उनी मधेश प्रदेश पुगेर विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन्। कतिपय भारतीय महन्तले ‘हिन्दू-सम्राट’को उपाधि दिने गरेकाले पनि भारतमा निकै महत्त्व साथ हेरिएको राम मन्दिरको […]
बर्दिया । माघी मनाएसंगै पश्चिम तराईका थारु गाउँहरुमा अगुवा बडघर छनौटका लागि भेला र छलफल हुन थालेको छ । माघीको दोस्रो सातासम्म बडघर छनौट भइसक्ने छन् । समुदायका लागि रातदिन समय दिनसक्ने व्यक्तिहरुलाई बडघर बनाउनका लागि भेला र छलफल हुन थालेको हो । त्यस्तै बडघरले वर्षभरीमा गरेका काम कारवाही बारे सुनवाईको तयारी भइरहेको छ । […]
गजेन्द्र गुरुङ/ गोरखापत्र – खजुरा, माघ २ गते । बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा होमस्टे (घरबास) सहित पर्यटकीयस्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा ८ स्थित घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो । किसान आन्दोलन, जनयुद्ध र २०६२–६३ को जनआन्दोलनमा अग्रणी भूमिका खेलेको घिया गाउँलाई पर्यटकीयस्थल बनाउन भन्दै […]
रोल्पा । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने कविराम पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]
रासस/काठमाडौं। १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न मंगलबार भूकम्प सुरक्षा दिवस मनाइँदै छ। भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन्। मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग […]
बर्दिया। बर्दियाको मधुवन नगरपालिका ४ मा आगो ताप्ने क्रममा आइतबार विहान ३ बजे मधुवन ४ बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको आफ्नै बरण्डामा जलेर मृत्यु भएको छ । बर्दिया राजापुरमा कोठामा बालिएकाे आगोले जली महिलाको मृत्यु जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लुगामा आगो सल्किएपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको […]
काठमाडौं । नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार र मंगलबार भने देशका […]
काठमाडौँ/रासस । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । नाउपाले विधान संशोधन गरी दुईजना महासचिव हुने […]
काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले […]
धनगढी। टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा रेशम चौधरीको मात्र उम्मेदवारी परेपछि सर्बसम्मत चयन भएका छन । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए । रञ्जिता […]












