बाँके/रासस । रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ । रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना आफन्तको डिएनए नमूना […]

काठमाडौं ।रसुवा बाढीको ११ औँ दिन एक बिदेशीसहित दुई जनाको जिवितै उद्दार गरिएको छ ।  नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो। अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। भरखरै नेपाली सेनाले उनको तस्वीर […]

बर्दिया । रसुवा बाढीमा परी बर्दिया ७३ जना बढी सम्पर्क बिहिन छन् । सम्र्पक बिहनहरुको अवस्था सार्वजनिक हुननसक्दा परिवार बेचैन छन् । उनीहरुले अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् । बर्दियाबाट सम्पर्कविहीनको सूचीमा अनिल थारू, गजल घर्ती, गरिमा घर्ती, टेकबहादुर चन्द, डिला घर्ती, मनबहादुर मेदासी, लक्ष्मी बुढा, शिवलाल बुढा, अमर थापा, तारा उपाध्याय, शिक्षा पौडेल, […]

बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिकामा भीषण पहिरो जाँदा चौलानी नदी थुनिने जोखिम बढेको छ। अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो खसेपछि चौलानी नदीको बहाव प्रभावित भएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी थुनिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गरी नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह […]

  काठमाडौँ । रसुवामा बाढीपहिरिपछि माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका १९१ जना कर्मचारी तथा श्रमिकहरूको खोजी कार्य जारी छ। तर सडक अवरुद्ध हुँदा उद्धारका लागि ठूला उपकरण घटनास्थलसम्म पुर्‍याउन निकै सास्ती भएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि अहिले आयोजनास्थलमा तीनवटा साना एस्काभेटरले भग्नावशेष तथा ठूला ढुंगा हटाउने काम गरिरहेका छन्। यद्यपि, हालसम्म मानिस वा […]

नुवाकोट- भोटेकोशीको भीषण बाढीपछि नुवाकोटस्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १०औं दिनमा जीवितै उद्धार गरिएको छ।   नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले विदेशी उद्धारकर्मीहरूको समेत सहयोगमा उनीहरूको आज सफल उद्धार गरेको हो। उद्धार गरिएकाहरू काठमाडौंका कबिर महर्जन र सप्तरीका सञ्जय साह रहेका छन्। भित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएलगत्तै […]

बाँके । लुम्बिनी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा बाँके जिल्लामा विनियोजन भएका ११६ पूर्वाधार विकासका योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा बाँकेमा प्रदेश सरकारका बहुवर्षीय तीन ठुला पुलसहितका योजना सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार, गत आर्थिक वर्षमा बहुवर्षीय योजनामध्येका नेपालगञ्ज विशालचोक […]

  भोटेकोशी बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार: एसियाली विकास बैंक (ADB) बाट भोटेकोशी बाढी प्रभावित जनताको तत्काल आपतकालीन उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सरकारले निर्णय गरेको छ। व्यवसाय पुनर्स्थापना योजना र सहुलियत घोषणा: रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यापार-व्यवसायलाई पुनः […]

महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उहाँ मोबाइलमा आँखा डुलाइ रहनुहुन्छ । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् । अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन हुनुभएको छ । “बाबुले मामु ठिकै छु भनेर फोन गरी […]

  काठमाडौँ, भदौ १७ — रसुवामा स्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका आशंका गरिएका २५ जना कामदारको खोजीका लागि उद्धार टोलीले वैकल्पिक प्रवेशमार्ग (नयाँ बाटो) तयार पारेको छ। सुरूङको मुख्य बाटो ढुङ्गा, माटो र लेदोले ठप्प भएपछि प्राविधिक टोलीले खाली ‘पेनस्टक पाइप’ प्रयोग गरी नयाँ बाटो बनाएको हो। हाइड्रो-मेकानिकल इन्जिनियरसहितको टोलीले पाइपभित्र […]