काठमाडौं, २५ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।्र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भू०भागको थोरै स्थानहरुमा हल्का […]
काठमाडौं । भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै राष्ट्रिय सुरक्षा समितिको बसेको बैठकले सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रालयमा बुधबार दिउँसो बसेको समितिको बैठकले तीनै निकायका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समितिको बैठकले गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार बैठकमा भारत–पाकिस्तानबीचको […]
बीबीसी-संयुक्त राष्ट्रसङ्घले आतङ्ककारी भनेको पाकिस्तान निवासी मौलाना मसुद अजहरले बहावलपुरको शुभानअल्लाह मस्जिदमा भएको भारतीय हमलामा उनको परिवारका १० सदस्य तथा ४ निकट सहयोगी मारिएको बताएका छन्। बुधवार उनको नेतृत्वको जैश-ए-मोहम्मद (जेइएम) समूहले एक वक्तव्य जारी गर्दै मारिनेहरूमा उनका दिदी र भिनाजु, भतिजा र भतिजा बुहारी अनि भतिजीसहित परिवारका अन्य पाँच बालबालिका रहेको उल्लेख गरेको छ। […]
बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २० प्रतिशतसम्म घटाएर बजेट ल्याउने विषयमा गृहकार्य सुरु गरेको छ ।घटेर बजेट आउँदा ३० देखि ३३ अर्बभन्दा माथि बजेट नबढाउने गरी नयाँ बजेट बनाउन आर्थिक योजना मन्त्रालय र प्रदेश योजना आयोगलाई निर्देशन दिएको छ । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले प्रदेशको आन्तरिक स्रोत वृद्धि हुन […]
काठमाडौं, २४ बैशाख । कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्छ। नेपालमा यस्तो अनुमति चिनियाँ दूतावासबाट प्राप्त हुन्छ। सजिलो अनुमति लिने कामका लागि ट्रेकिङ एजेन्सीहरू पनि धेरै फाइदाजनक हुन्छ । चीन […]
काठमाडौँ —पहलगाम आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो । पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले […]
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन्। । मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन्। बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बानियाभार क्षेत्रमा स्थानीयको […]
काठमाडौँ/ईकान्तिपुर — प्रतिनिधिसभाको मंगलबारको बैठक सत्तारुढ दलहरू नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले केहीबेर अवरुद्ध गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई वैशाख १७ मा पक्राउ गरिएको विषयमा छानबिन माग गर्दै दुवै पार्टीले प्रतिनिधिसभा बैठकको कामकारबाही अवरुद्ध गरेका हुन् । सभामुख देवराज घिमिरेलाई सरकारका नाममा रुलिङको माग गर्दै दुवै पार्टीले सदन अवरुद्ध गरेका […]
बुटवल/ईकान्तिपुर — लुम्बिनी प्रदेश सरकारले प्रदेशका १४ वटै अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको छ । सरकारको वैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको हो । अस्पताल सञ्चालनका लागि व्यवस्थापनमा सहयोग गर्ने गरी सरकारले यसअघि २०८० कात्तिक ७ गते दुई प्रादेशिकसहित १४ जिल्ला अस्पतालहरुमा […]
बर्दिया । भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा पाँच महिना बितिसक्दा समेत फर्किएका छैनन् । आहारा र उचित वासस्थानको खोजीमा भारत पुगेको गैँडा नफर्किँदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गैँडाको उचित वासस्थान घट्दै गएपछि करिब २० ओटा गैँडा भारत तर्फ गएका हुन् । भारतीय पक्षले नेपालका […]












