नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६, असमानपुरस्थित जयन्दु बाल सुधारगृहमा बालबन्दीबिच भएको कुटाकुट, विवाद र आगजनी जस्ता घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले शनिबार बाल सुधारगृहमा भएका सबै घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमान्डमा आइतबार प्रहरीको एक टोली खटाइएको बताउनुभयो । उहाँले प्रहरीको सो अनुसन्धान टोलीले घटनाको […]
भक्तपुर/रासस—राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए। बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा […]
धनगढी । कैलाली धनगढी उपमहानगरपालिका–६ मटियारीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते भएका छन् । घाईते हुनेमा मीना खड्का, छोरी २० वर्षीया चन्द्रा र ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी रहेका छन् । तीनै जनाको धनगढीकै विसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मिनाको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा सिलिन्डर एक्कासि […]
नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरको जयेन्दु बालसुधार गृहमा राखिएका बालबन्दीबीच भएको झडपमा ६ जना घाइते भएका छन् । तीमध्ये दुई जना गम्भीर छन् । १८ बालबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति बालसुधार गृहमा दुई समूहबीच झडप भएको थियो । विवाद बढ्दै जाँदा तनावग्रस्त बनेको बालसुधार गृहलाई प्रहरीले ४ घण्टा लगाएर नियन्त्रणमा लिएको हो । शनिबार […]
काठमाडौं – नेपाली भाषा र संस्कृतिको समृद्धि र नेपाली भाषी समुदायको गौरव विश्वभर फैलिएको छ। राजनीति, चिकित्सा, विज्ञान, खेलकुद, चलचित्र, आयुर्वेद, सैनिकता, पर्वतारोहण तथा साहित्यका क्षेत्रमा नेपाली भाषी व्यक्तित्वहरूले आफ्नो योगदानद्वारा नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेका छन्। यस लेखमा ती १० प्रमुख व्यक्तित्वहरूको विस्तृत विवरण प्रस्तुत गरिएको छ, जसका योगदानले नेपाली भाषी समुदायलाई विश्वभर […]
काठमाडौँ । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने गरी सरकारले कानुन ल्याउन लागेकामा कडा आलोचना भएको छ । सरकारको सो कानुन ल्याउने तयारी गरेपछि सामाजिक क्षेत्रका अगुवादेखि सत्तारूढ दलकै नेतासम्मले विरोध गरेका छन् । गत पुस ९ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई […]
काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त […]
बुटवल । लुम्बिनी प्रदेशका जिल्लामा होलीका लागि विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका सबै जिल्लामा होलीका अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने गरी विशेष सुरक्षा व्यवस्था अपनाइएको हो । जिल्लाहरूमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । बाँके समाचारदाताका अनुसार बिहीबार र शुक्रबार […]
काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज काठमाडौँको […]
बर्दिया —घर नजिकै गहुँ खाईरहेको बेला धपाउन पुगेका ठाकुरबाबा नगरपालिका–२ बलातीका बलिराम थारुको हात्तीको आक्रमणबाट बुधबार राति मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले खेतबारीमा लगाएको गहुँबाली नोक्सानी गरिरहेका बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको हो । […]












