नेपालगन्ज । आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता […]

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र प्रहरी बिच डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । पाल्पा जिल्लाको तिनाउँ गाउपालिका वडा नं. ३ स्थित लुम्विनी केबलकार बुटवल हिलको सभाहलमा शुक्रवार सो कार्यक्रम सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व नेपालको तर्फबाट […]

रावलपिण्डी (पाकिस्तान), माघ ४ गते । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भन्नुभयो, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खान दोषी ठहरिएका छन् ।” खानकी […]

बाँके- नेपालगंज उपमहानगरपालिका-२ न्यूरोड डेरा गरी बस्ने सोयता अग्रवालको कोठाबाट कोही नभएको अवस्थामा नगद ५ लाख रूपैयाँ बिहीबार बेलुकी चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  गाजा । कतारको प्रयासको  १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भयो । इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि लागू हुनेछ।   तर, गाजा पट्टीमा इजरायलले आक्रमण भने जारी राखेको । सम्झौता कार्यान्वयन हुनु अघि बुधबार (१५ जनवरी) इजरायलले गाजा पट्टीमा […]

  गाजा । कतारको प्रयासको  १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भयो । इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि लागू हुनेछ।   तर, गाजा पट्टीमा इजरायलले आक्रमण भने जारी राखेको । सम्झौता कार्यान्वयन हुनु अघि बुधबार (१५ जनवरी) इजरायलले गाजा पट्टीमा […]

  काठमाडौं। हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली […]

  लुम्बिनी।प्रहरीका अनुसार रुपन्देही जिल्लाको सियारी गाउँपालिका–७, हीरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उद्योगको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए । […]

  नेपालगन्ज । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । नेपालगन्ज–नरैनापुर–बैजापुर जोड्ने हुलाकी राजमार्गअन्तर्गत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले टायर बालेर सडक अवरुद्ध गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक हिमराज बिकले हुलाकी राजमार्गमा मृतकका […]

काठमाडौं- झापा, बिर्तामोड नगरपालिका-५ गजुरमुखी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २५ वर्षीय प्रकाश राजबंशीसमेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-६ नयाँ सब्जी लाईनबाट नियन्त्रित […]