काठमाडौँ । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ५ः०९ बजे ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन । साना भूकम्पहरू सामान्यतः जमिनको प्लेटहरूको हलचलका कारण हुने गर्छन्।
२०८१ पुष १४ गते (आइतबार) प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती […]
सीसीएन, बाँके / बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले ग्रामीण क्षेत्रका समुदायमा दिनदिनै समस्या सिर्जना गरिरहेका छन् । यी वन्यजन्तुहरूले घरभित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेका घटनाले गरिब किसानको जीविकोपार्जन कठिन बनेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २, कचनापुरमा वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र […]
नेपालगन्ज। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा बांकेका प्रतिनिधि सभा सांसद डा. धवल शमशेर राणा क्यान्सरलाई पराजित गर्न सफल भएका छन् । भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किने जानाएकाछ्न । क्यान्सरबाट निको भएको खबर डा. राणाले सामाजिक सन्जालमा लेखेपछि उनका समर्थहरुले खुसि व्यक्त गरेका छ्न । उनले सामाजिक […]
कञ्चनपुर/ रासस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए […]
बर्दिया । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन । बर्दियाको मधुवन नगरपालिका वडा नं. […]
मिति २०८१ पुस १३ गते (शनिबार) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा […]
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्ष सँग छलफल गरेका छन् । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा आज छलफल गरेको मुख्य मन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए । मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र […]
नेपालगञ्ज (बाँके)- बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गरिएको छ। निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले जानकारी दिए। निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए। उक्त सवारीमा बढीमा १० जनाले जंगल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि दुई […]
बर्दिया —बर्दिया प्रहरीले बर्दिया जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र लागुऔषध मुद्दामा फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएक छ । अदालतले गत बैशाख ३१ गते २२ दिनको कैद सजाय सुनाएको गेरुवा गाउँपालिका–५ का एक किशोरलाई गुलरियाबाट रलागुऔषध मुद्दामा कैद सजाय र जरिवाना भई पाएका बाँके बैजनाथ गाउँपालिका–३ बनखेतका ३७ वर्षीय नरेश खत्रीलाई प्रहरीले नियन्त्रणमा […]












