रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा बर्दिया ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका एक जनासहित ३ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका […]

बीबीसी । कर्णाली नदी माथिको एउटा झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूलाई नदीमा खसालेर अधिकांशलाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।  अछामको कालेकाँडा र दैलेखको खिर्कीज्यूला जोड्ने झोलुङ्गे पुल लच्किँदा फसेका खच्चडहरूको करिब पाँच घण्टापछि जीवितै उद्धार गरिएको हो। दुई वटा खच्चडको भने मृत्यु भएको छ। चेतावनी: यो समाचारका कतिपय तस्बिर र विवरणले तपाईँलाई विचलित पार्न […]

  बर्दिया — बर्दिया प्रहरीले गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखमुनी जुवाको खालबाट १ लाख ३१ हजार २ सय ५ रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजापुर नपा–२ का ६० वर्षीय राजाराम थारु,सोही पालिका–६ का ध्रुव देवकोटा, गेरुवा गापा–३० वर्षीय मोहर मली कुरेसीसहित सात जना रहेका […]

  विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।   सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । गाडीको विवरण खुलिनसकेको […]

  जानकी (बाँके), जेठ २६ गते । बाँकेको नेपालगञ्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवम् उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ । उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.इन्द्रनील घोषले पाठेघरको मुख नियमितरुपमा […]

नेपालगन्ज । न्यायका लागि नेपालगन्जबाट काठमाडौं पुगेका सर्वसाधारण र अधिकारकर्मी माइतीघर मण्डलबाट पक्राउ परेका छन्। उनीहरूले निर्मला कुर्मीलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेको अगाडि धर्ना दिएका थिए। एक सातासम्म धर्ना दिंदा पनि सुनुवाइ नभएपछि अधिकारकर्मी रुबी खानको नेतृत्वमा उनीहरू काठमाडौं पुगेका हुन्। बाँके प्रहरीले निर्दोषलाई पक्राउ गरेको र दोषीलाई उम्काएको आरोप लगाउँदै उनीहरू […]

  नेपालगन्ज, जेठ २६ गते । जिल्लाका सुरक्षा प्रमुखसहित विपत् व्यवस्थापन समिति बाँकेको एक टोलीले बाढी र डुबानबाट बर्सेनि प्रभावित हुने गरेको राप्ती नदीको तटीय क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । विपत् व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा रहेको सो उच्चस्तरीय टोलीले शुक्रबार राप्ती नदीको तटीय क्षेत्रको अनुगमन गरेको हो । […]

नेपालगन्ज, जेठ २५ गते । गर्मी र तातो हावा ‘लु’ बाट जोगाउने उद्देश्यले विद्यालयमा अध्ययनरत ६ हजार बालबालिकालाई छातासहित अत्यावश्यक सामग्री वितरण गरिएको छ । बाँके, बर्दिया र कैलाली जिल्लाका पाँचवटा पालिकाका १० वटा बिद्यालयका ६ हजार बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवनजल (ओआरएस) र ग्लुकोज पाउडरजस्ता अत्यावश्यक सामग्री वितरण गरिएको कतार च्यारिटि नेपालले जनाएको […]

  बर्दिया — प्रहरी चौकी गणेशपुर र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले जाँचको क्रममा दुई जनालाई ब्राउनसुगर सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मधुवन नगरपालिका–७ तारातालका २४ वर्षीय अजय सुनारलाई ३९० मिलीग्राम र भारतको लौकाही हुँदै नेपालतर्फ पैदल आइरहेका मधुवन नगरपालिका ७ तारातालका अन्दाजी ३५ वर्षीय दिनेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको […]

नेपालगञ्ज/ रासस । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा.बद्री चापागाईले जानकारी दिनुभयो । उहाँले […]