मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। हाल मौसमको अवस्था देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। २०८१ असार २८ […]
बीबीसी । बिहीबार राति पोखराका तीन भिन्नभिन्न ठाउँमा गएको पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माका अनुसार पोखरा पुरञ्चौरमा एकै परिवारका सात जनाको पहिरोले पुरिएर मृत्यु भएको हो। पहिरोले पुरिएरै पोखरा-३२ चैतपुर, बाह्रबिसेमा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस्तै मादी गाउँपालिका-११ मा पहिरोमा […]
चितवन, असार २८ गते । पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर […]
गुलरिया (बर्दिया), असार २७ गते । भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको छ । हात्ती प्रवेश गर्ने मार्गमा जडान गरिएको विद्युतीय तारबार हात्तीले छुने बित्तिकै जोडसँग साइरन बज्ने प्रविधि […]
खजुरा, असार २७ गते । बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला छन् । आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका एकसय ७७ नेपाली […]
नेपालगन्ज २६ असार २०८१ बाँकेको जानकी गाउँपालिकाले गाउँसभाको १६ अधिबेशन सम्पन्न गरेको छ । गाउँसभाको अधिबेशनबाट नीति तथा कार्यक्रम पारित गरी ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँ बजेट ल्याएको छ । अगामी आर्थिक बर्ष २०८१÷८२ का लागि गाउँपालिकाका उपाध्यक्ष राम प्यारी यादवले प्रस्तुत गरेको ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँ बजेट […]
नेपालगन्ज, २७ असार २०८१ कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक बर्षमा सम्पन्न बिभिन्न कार्यक्रमहरुको संयुक्त अनुगमन तथा मल्यांकन गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुखहरु सहित केन्द्रले सम्पन्न गरेको कार्यक्रमको अनुगमन गरिएको छ । अनुगमन टोलीले डुडुवा ६ हिरमिनियाको बल्दीपुर्वा कृषि सहकारी संस्थालाई बितरण […]
बर्दिया — काम सम्पन्न गरेर भ्याट बिल पेस गरे पनि भुक्तानी नपाएको भन्दै बर्दियाका निर्माण व्यवसायीले बुधबार सडक पूर्वधार विकास कार्यालयमा तालाबन्दी गरेका छन् । करिब २० जना निर्माण व्यवसायीले झण्डै ८ करोड रुपैयाँ यस आर्थिक वर्षमा भुक्तानी पाउनु पर्ने भन्दै कार्यालय प्रमुखको कार्यालय कक्षमा तालाबन्दी गरेका हुन् । प्रदेश सरकारले असार २४ गते […]
बाँके/ नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने ४५ वर्षीय ललन पठानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ । नेपालगञ्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको बजेट रहेकोमा असार २४ गतेसम्म एक अर्ब ४७ करोड दुई लाख १५ हजार ६१७ रुपियाँ मात्रै खर्च […]











