. बर्दिया —ठाकुरबाबा नगरपालिका–९ स्थित मेला गएका दुई युवालाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएका छन् । ठाकुरबाबा मन्दिरनजिक रहेको टाइगर चोकमा सोमबार राति करिब १२ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ । धारिलो हतियारबाट गेरुवा गाउँपालिका–५ का करिब २० वर्षका नवीन थारु र साजन थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना […]
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो […]
बुटवल —लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि माघे संक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन […]
काठमाडौँ —थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने […]
हिमाल खबर । न्यायाधीशले छाड्न आदेश दिए पनि अदालतमा २०० रुपैयाँ बुझाउन नसक्दा छोरालाई जेल पठाएर घर फर्किएका बुवाको पीडा कस्तो होला? बर्दियाका ज्ञानसिंह थारू भन्छन्, “रातभर सुत्नै सकिनँ।’ शीतलहरको चिसोबाट जोगिन चुह्लोमा आगो सेकिरहेका वेला पुस २४ को बिहानै बर्दियाको बाँसगढी नगरपालिका-३, लख्ना गाउँका ज्ञानसिंह थारूलाई खबर आयो, ‘छोरा जेलबाट छुट्न सक्छ, अदालत आउनू।’ […]
काठमाडौँ/रासस—वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले […]
बर्दिया । बाख्रा चराउन गएकी बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ७ सुन्दरपुरकी ४० वर्षीया पदमकला थापालाई पाटे बाघले आक्रमण गरी ज्यान लिएको छ । घर नजिकैको झाडीमा बाख्रा चराउन गएकी उनलाई आज आईतबार दिउँसो आक्रमण गरेको हो । ठाकुरबाबाको भुरीगाउँस्थित पत्रकार भावुक योगीका अनुसार तीनचार जना महिला बाख्रा लिएर नजिकैको सामुलायिक झुण्डीमा गएका थिए । […]
बीबीसी । हामीलाई लाग्नसक्छ कि एकअर्कालाई उपहार दिने काम मानिसहरूले मात्रै गर्न सक्छन्। तर अरू कैयौँ जनावरहरूले पनि आफ्ना साथी र सङ्गीहरूलाई ‘उपहार’ दिने गरेको पाइन्छ। शङ्खेकिरा, गड्यौला र ‘स्क्वीड’ भनिने समुद्री जलचरहरूमा पनि सहवासअघि वा विपरीत लिङ्गीलाई फकाउन ‘उपहार’ दिने अभ्यास देखिन्छ। चराहरूले पनि एक अर्कालाई उपहार दिन मजा मान्ने गरेको देखिन्छ। ठूलो खैरो […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ सो मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार […]
परासी/ईकान्तिपुर — पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट बालकको आँखामा गम्भीर चोट लागेको छ । प्रतापपुर गाउँपालिका-१ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षका प्रशान्त चौधरीलाई शिक्षिका सन्जु चौधरीले पिट्दा आँखामा चोट लागेको हो । उपचारको क्रममा चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएको बालकका बुवा नरेन्द्र प्रसाद चौधरीले बताए । ‘बालबालिका खेलेको निहुँमा आँखामा […]











