काठमाडौं । रौतहटको पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६ च ३१६२ नं.को स्कारपियो दुर्घटना हुँदा हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।     दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० […]

काठमाडौं /रासस। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका […]

नेपालगञ्ज – समुदायमा वन्यजन्तुको ओहोरदोहोरले वर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ क्षेत्रमा बालबालिका सुरक्षित हिडडुलमा समेत प्रभाव पारेको पाइएको छ । विद्यालय जाँदा वा फर्किंदा विद्यार्थीहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । जसका कारण अध्ययनमा असर परेको मन्जुश्री शिशु बाटिका माध्यामिक विद्यालयका प्रधानाध्यापक विमल ज्ञवालीले बताउनुभयो । वन्यजन्तुबाट आक्रमणबाट जोगिन समुदाय तहमै बालबालिकालाई बातावरणीय शिक्षाको […]

  बर्दिया — गत भदौमा १४ वर्षीया किशोरीलाई पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढिका ८ जनालाई पक्राउ गरेको छ । थप तीन आरोपित फरार छ्न । उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाँसगढि प्रहरीका अनुसार पक्राउ पर्नेमा १८ वर्षका पाँच किशोर छ्न । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–२ का २२ वर्षीय भरत […]

सुर्खेत । करिब छ दशकदेखि सञ्चालन हुँदै आएको सुर्खेतदेखि बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडकको अझैसम्म पनि विस्तार र स्तरोन्नति हुन सकेको छैन । बर्दियाको भुरीगाउँदेखि पैदल हिँडेर एकै दिनमा सुर्खेत पुग्न सकिने यो सडकको विस्तार र स्तरोन्नतिको काममा न सङ्घीय र न प्रदेश सरकारले सक्रियता देखाएको छ । उक्त सडक विसं २०२५ मा हुलाकी सडकका रूपमा पनि विकास […]

काठमाडौं/  रासस- भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता […]

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार खेलिएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको छ । यो नतिजासँगै सुदूरपश्चिम रोयल्सको विजययात्रामा विराम लागेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती ब्याटिङको निर्णय लिएको चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम […]

नुवाकोट। किस्पाङ गाउँपालिका वडा –१ भाल्चे गाउँको नुचेतमा २३ वर्षीय चन्दीमाया तामाङ र नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेका छ्न्न् । आज बिहान ९ बजेको समयमा उनिहरु मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानविन […]

काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर रोयल्सले लगातार चार खेलमा जित निकालेको छ। आइतबार लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले लगातार जित हात पारेको हो। यता लुम्बिनी लायन्स भने लगातार चार खेलमा पराजित भयो। जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो हुँदा लुम्बिनीको कमजोर भएको छ। जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको […]

बिबिसि- भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझबाट नेपालका धेरै स्थानमा हल्का देखि मध्यम हिमपात एवं वर्षाको सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो मौसम प्रणालीका कारण तापक्रममा समेत गिरावट आउनसक्ने भन्दै चिसो बढ्नसक्ने सम्भावना औँल्याएको छ। उक्त प्रणाली सोमबार रातिसम्म नेपालमा सक्रिय रहने भनिएको छ। साथै […]