नेपालगन्ज । हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मोनिटरिङले बाँकेको कोहलपुर नगरपालिकाबाट सर्भेको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि सर्भेको काम सुरु गरेको हो । फोकलपर्सन दुर्गा गौतमका अनुसार बाँकेलाई दुई कलष्टरमा बाँडेर […]

नेपालगन्ज । नेपालगन्ज भन्सारको राजस्व सङ्कलन र आयात निर्यातको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयका अधिकारीहरुसंग छलफल गरेका छन् । नेपालगन्ज भन्सारमा हुने राजस्व सङ्कलन र आयात निर्यातको सकारात्मक पक्ष धनगढी नाकामा लागु गर्न स्थलगत निरिक्षण गरी भन्सारका अधिकारीहरुस.ग छलफल गरेको मन्त्री धामीले […]

बर्दिया । मासुका लागि गाउँभरीका किसानले सामूहिकरुपमा जिता लेखाई सके । सुंगुरबंगुर, खसीबोका खोजीसके । ढिक्रीका लागि नयाँ धानको चामल तयार छ । गाउँगाउँमा सांस्कृतिक कार्यक्रम तय भइसकेका छन् । माघी मिलन कार्यक्रम विभिन्न स्थानमा आयोजना गर्ने अन्तिम तयारीमा युवाहरु जुतिसकेका छन् । गाउँमा खुसियाली छाएको छ । हालै धान बिक्री गरेकाले किसानलाई तत्कालका लागि […]

काठमाडौँ.। सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सहित २८८ जनाको आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ । माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन् । प्रहरी निरीक्षकका […]

  नेपालगन्ज/गोरखापत्र । नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको अनुगमन समितिले अनुगमन गर्दा दुई पानी उद्योगलाई कारबाही गरिएको हो। उहाँका अनुसार नेपालगन्ज–५ मा […]

  नेपालगन्ज/ईकान्तिपुर — बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा बाल बन्दीहरुबीचको विवाद शान्त भएपनि त्यहाँ बाट फरार भएका १५ जना अझै भेटिएका छैनन् । सुधार गृहमा झडप र तोडफोडपछि शुक्रबार र शनिबारसम्म पनि विवाद भइरहेको थियो । त्यही मौकामा १५ जना बालबन्दीले सुधार गृह छोडेर फरार भएका छन् । अहिले यहाँ सुधार गृहमा १०१ जना बन्दीमात्रै […]

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको मिलनचोकमा मंगलबार दिउँसो बसको ठक्करबाट भारत उत्तर प्रदेश महाराजगन्जका ४७ वर्षीय दिनेश सिंहको मृत्यु भयो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्री सिंहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । त्यस्तै सोमबार दिउँसो दाङको तुलसीपुरबाट […]

  काठमाडौँ । वैदेशिक रोजगार विभागका अनुसार पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकस्तरको निर्णय अनुसार आवेदन दिने समय दुई दिन थप गरिएको हो । यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म […]

नेपालगन्जको तापक्रम ७.८ डिग्री, चिसोले जनजीवन प्रभावित नेपालगन्ज । बुधबार बिहान नेपालगन्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुगेको छ । जसका कारण नेपालगन्जमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । जल तथा मौसम कार्यालय नेपालगन्जका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार […]

भैरहवा — ट्रंकलाइन बक्यौता भन्दै नेपाल विद्युत् प्राधिकरणले भैरहवा-बुटवल औद्योगिक करिडोरअन्तर्गत दुईवटा उद्योगको विद्युत् लाइन काटेपछि त्यस क्षेत्रका १९ वटा उद्योगले काटिएको लाइन दुई दिनभित्रमा जडान नगरेमा एकसाथ आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । भैरहवा–बुटवल ओद्योगिक करिडोरअन्तर्गत ट्रंकलाइन विवादमा परेका १९ वटा उद्योगका तर्फबाट व्यवसायीको टोली बुधबार प्राधिकरणको भैरहवा र नयाँमिल शाखामा डेलिगेसन गई उक्त […]