काठमाडौं, २३ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ। […]

नेपालगन्ज, आईतबार २२ साउन २०८२ शम्भु थारु बर्दिया बढैयाताल गाउँपालिका ६ मैनापोखरका निर्मल थारुको कोहलपुर १४ हवल्दारपुर स्थित यो यो प्लाई उद्योगमा काम गर्ने क्रममा मेसिनमा हात पेलियो । उपचार गराउदां उहाँले दायाँ हात गुमाउनु प¥यो । कम्पनीसंग क्षतिपुर्तिका लागि श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा उजुरी समेत दिएको पीडित निर्मलका श्रीमति अनिता थारुले बताइन् । […]

  सञ्जय मिश्रा रौतहट, २२ साउन । लामो खडेरीपछि सक्रिय बनेको मनसुनले रौतहटका किसानहरूलाई आशाको सन्देश लिएर आएको थियो। तर त्यो आशा तत्कालीन रूपमा केही किसानका लागि निराशामा बदलिएको छ।   फतुवा बिजयपुर नगरपालिका  ५ अन्तर्गतको सन्तपुर दोस्तिया क्षेत्रमा परेको वर्षापछि करिब ४० बिगाह धानबाली डुबानमा परेको छ।   स्थानीय किसानहरूले लामो समयदेखि वर्षाको पर्खाइमा लगाएको धान […]

  गुलरिया । मजदुरी गर्न भारतको उत्तराखण्डस्थित पुगेका बर्दियाका एकै परिवारका तीनसहित चार जना बहिरो पहिरोमा परी बेपत्ता भएका छन् । पौडी जिल्लाको वाकुडास्थित बिनु नदीमा बुधबार बिहान अकस्मत आएको बाढीपहिरोमा परी बर्दिया मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा […]

  काठमाडौं, २२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा […]

नारायण खड्का सेतोपाटी । बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको घोटाला प्रकरण सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई थुनामै राख्न आदेश सुनाएको छ। राष्ट्र बैंकका एक जना कर्मचारीलाई भने दुई लाख रूपैयाँ धरौटीमा छोड्न आदेश भएको छ। अदालतकी रजिस्ट्रार सपना अधिकारीका अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, […]

  बर्दिया । ५० वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका(६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई प्रहरीले मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]

बर्दिया /ईकान्तिपुर — बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक गोहीको आक्रमणमा परी मंगलबारदेखि बेपत्ता भएका युवाको खोजीमा दुई वटा हात्ती बुधबार बिहानदेखि परिचालन भएका छन्। कर्णाली नदीको भंगालो खौराहा खोलामा गोहीले झम्टेका मधुवन नपा–१ कैलाशीका १९ वर्षीय रूप मिलन थारु बेपत्ता भएका छन्। मंगलबार साँझ करिब ५ बजे पौडी खेल्न गएका सोही ठाउँका तीन […]

नेपालगन्ज । पानीको बहाव खतरा पार गर्न थालेको बाँकेको राप्ती र बर्दियाको बबई नदीको बहाव घटेको छ । बाँके जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रमा जलसतहले मङ्गलबार चेतावनी तह पार गरेर चार मिटर ९२ सेन्टिरमिटरसम्म पुगेपनि पछि क्रमशः घट्दै गएर बुधबार बिहानसम्म पानीको सतह ३ मिटर ४३ सेन्टिमिटरमा झरेको छ ।   बाँकेको […]

  सप्तरी, २१ साउन । प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । प्रहरी गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो तर उपचारकै क्रममा उनको ‌मृत्यु भएको हाे ।     जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]