कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्बर ११ स्थित शुभलक्ष्मी फेन्सी पसलमा भएको आगोलागी नियन्त्रणमा आएको छ । स्थानीय मेघराज लम्सालको दुई तले घरमा रहेको फेन्सी पसलमा भएको आगोलागीको कारण अझै खुलेको छैन। बिधुत सर्ट भएर आगोलागी भएको शंका गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको छ । […]
नेपालगञ्ज/रासस — नरैनापुर गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे भारतीय लगानीकर्तासँग छलफल गरिएको छ ।गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भारतीय लगानीकर्तासहित सरोकार भएका निकायसँग छलफल भइरहेको बताए। ‘नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे लगानीकर्तासँग छलफल भइरहे पनि हालसम्म निष्कर्षमा भने पुगेका छैनौँ,’ उनले भने। स्थानीय तहले एकीकृत रूपमा जग्गा उपयोग गरी नयाँ परियोजना कार्यान्वयनमार्फत आम्दानीको स्रोत बढाउने उद्देश्यले […]
नेपालगन्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके जिल्ला फुटबल संघले रौतहट जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपालगञ्ज रङ्गशालामा मध्यान्न ४ बजेपछि खेल सुरु हुनेछ । आजबाट समूह बीका खेलहरू सुरु भएका छन्। समूह बीमा भोलि नेपाल सशस्त्र प्रहरी बल र कर्णाली प्रदेशबीच खेल हुने आयोजक सदस्य गोविन्द पौडेलले […]
तुलसीपुर (दाङ) । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उहाँको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उहाँलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उहाँले ‘कानुन’ विषय पढिरहनुभएको छ । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, […]
बर्दिया, ६ बैशाख बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५मा माछा पालक कृषक र दाना उत्पादन भारतीय कम्पनीवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अर्श सप्लायर्स हवल्दारपुर बाँकेको आयोजनामा आईबी गु्रप अन्तगर्त फिश फिड एबिस एक्सपोटर््स ईन्डिया प्राईभेट लिमिटेड र माछापालक कृषकहरुको अन्तरकृया गरिएको दाना सप्लायर्स इलिसिया करैसीले बताए । स्थानीय किसानहरु बर्षौदेखि माछा पालन व्यवसाय […]
१. झापा : झापा जिल्लाको गैडा कनकाई मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३२.७ डिग्री सेल्सियस रहेकोमा सन् १९९५ जुन ५ का दिन अचानक तापमान वृद्धि भई ४२.५ डिग्री सेल्सियस पुगेको गुगल रेकर्डमा देखाउँछ। २. सप्तरी : सप्तरी जिल्लाको राजविराज मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३३.५ डिग्री सेल्सियस हुने गरेकोमा सन् २०१९ जुन १६ मा […]
बबई (बर्दिया) । बर्दियाको ओराली बजारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने सबैभन्दा छोटो दुरीको सडकका नामले परिचित मधुवन नगरपालिका–२ को खैरेनी कुस्मनिया सडक असफाल्ट कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन् । ५५० मिटर मात्र लम्बाइ र तीन मिटर ७५ सेन्टिमिटर चौडाइ रहेको खैरेनी कुस्मनिया सडक कालोपत्रे गर्न […]
काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधाज्ञा तोडने भएको छ। गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोडन खोजेको हो । गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भए पछि सरकारले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई […]
काठमाडौं, ७ फागुन । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापिय रेखाको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा […]
/ लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलमा नेपाल पुलिस क्लब विजयी बनेको छ। नेपालगन्ज रंगशालामा आज पुलिस क्लबले भारतीय सिलगुडी टिमलाई शुन्य का विरुद्ध ४ गोल अन्तरले पराजित गरेको हो। पुलिस क्लबबाट गृह जिल्ला बाँके घर भएका निर्मला उपाध्यायले दुई गोल गरिन् भने अर्का अर्का गृह जिल्ला बाँकेकै निरु थापाले एक गोल गरेकि छिन दुवैजना […]












