बिबिसी- जेन जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न बनाइएको जाँचबुझ आयोगले उसबेला नीतिगत तहमा रहेका उच्चपदस्थहरूसँगको बयान आउँदो साताबाट सुरु गरिने जनाएको छ। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार ‘नेपाल प्रहरीका तत्कालीन प्रमुख र वर्तमान प्रमुखको बयान आगामी हप्ता लिने आयोगको योजना’ छ। त्यस लगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली […]

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए […]

२०८२ पुष १० गते (बिहीबार) दिउँसोः देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । रातीः देशका तराई भू-भागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू‍-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम […]

  नेपालगन्ज — हुस्सु र शीतलहरले नेपालगन्जको जनजीवन प्रभावित बन्दै गएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।   कोहलपुर नगरपालिकाले विद्यालयको पठनपाठन दुई दिनm खजुरा गाउँपालिकाले पुस ९ र ११ गते बिदा दिने निर्णय गरेको हो । पुस १० गते ख्रिष्टमस र १२ गते शनिबार परेकाले […]

बर्दिया — चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० ्की ५५ वर्षीया पार्वती डाँगीको मृत्यु भएको छ । बर्दिया प्रहरीका अनुसार बुधबार दिउँसो थानफेना सामुदायिक वनमा स्याउला लिन गएकी डाँगीलाई चितुवाले आक्रमण गरेको थियो । स्याउला काटिरहेका बेला चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बाँके— ‘पुरानो कपडा हो भन्दैमा लगाउन लाज नमान्नुस । तपाईसंग जे छ त्यही पहिरनुस् । सकेसम्म बाक्लो लुगा लगाएर शरिर न्यानो राख्नुस । सकिन्छ हावा पास हुने स्थानमा आगो तापौँ ।’ शीतलहरले यहाँको जनजीवन कष्टकर बनेपछि चिकित्सकहरुले चिसोबाट जोगिने यस्तो सुझाव दिन थालेका छन् । खासगरी चिसोका कारण आर्थिक अवस्था कमजोर रहेका सर्वसाधारण बढी प्रभावित […]

चाँदनी हमाल काठमाडौँ । पुसको पहिलो हप्तासँगै देशव्यापी चिसोले उचाइ लिँदै छ । हिमालमा बाहिर निस्कन नसकिने गरी हिउँ पर्ने र तराईमा तरर शीत पर्न सुरु भइसकेको छ । शीतलहरसँगै हुस्सु, कुहिरोले आकाशको घाम धर्तीमा पर्न नसक्दा तराई र हिमालका झुपडीभित्रै कठ्याङ्ग्रिएर मानिसको ज्यान जाने गर्छ । कतिपय वृद्धवृद्धा, बिरामी र हुँदा खानेहरू (गरिबीमा रहेका) का परिवारमा शीतलहर […]

  काठमाडौँ —तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ ।   जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ । विभागका मौसमविद् हरिप्रसाद […]

  काठमाडौं । नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी र नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो दिन’ को अवस्था सिर्जना भएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार डिसेम्बर २३ (हिजो) धनगढीको अधिकतम तापक्रम मात्र १३.१ डिग्री […]

  नेपालगन्ज, पुस ८ गते । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार मङ्गलवार विहानैबाट लागेको बाक्लो हुस्सु र कुहिरो तथा चलेको शीतलहरले नेपालगन्ज बिमानस्थल बन्द रहेको हुँदा कुनै पनि हवाइ उडान हुन नसकेको हो । हुस्सु र कुहिरोका कारण […]